०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

आज छुट्लान् त रवि ? के छ कानुनी प्रक्रिया

Logo

चितवन, भाद्र ८
अहिलेको चर्चित बहस हो, संचारकर्मी रवि लामेछाने पक्राउ प्रकरण ।
आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका लामिछाने सहित तीनजनालाई अनुसन्धान गर्न भनी प्रहरीलाई चितवन अदालतले दिएको दोस्रो पटकको पाँच दिने म्याद शनिवार सकिएको छ ।
म्याद सकिएका कारण आइतबार (आज) उनीहरुलाई फेरि प्रहरीले अदालतमा उपस्थित गराउदै छ । अनुशन्धान बाँकी रहेमा फेरि म्याद थप हुने र पुरा भईसकेमा मुद्दा दायर हुने अदालती प्रक्रिया छ ।
अदालतबाट म्याद थप्दै अधिक्तम २५ दिनसम्म अभियुक्तलाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी प्रवधान छ । सो प्रावधान अनुरुप, अनुसन्धान बाँकी रहेमा प्रहरीले अदालतको स्वीकृती लिई थप १५ दिनसम्म रविलाई हिरासतमा राखी अनुसन्धान गर्न पाउने छ । वा अनुसन्धान पुरा भईसकेमा मुद्दा दायर गर्नुपर्ने हुन्छ । आज भने रविको विरुद्ध मुद्दा दायर गरिने सम्भावना बढी रहेको स्रोत बताउछ ।
मुद्दा दायर भए लगतै अभियुक्तलाई थुनामा राखेर अनुसान्धान गर्ने वा सधारण तारिखमा छोडेर अनुसन्धानलाई अघि बढाउने भन्ने विषयमा थुनछेकको बहस हुनेछ । उक्त बहस एक दिनभन्दा लामो समेत हुन सक्दछ ।
उक्त बहसले नै रविलाई साधरण तारेखा, धरौटीमा छोड्ने वा पुर्पक्षका लागी जेल चलान गर्ने भन्ने विषयमा आदेश गर्दछ । हालसम्मको अदालती नजर हेर्दा यस्ता प्रकृतीका गम्भीर मुद्दामा अभियुक्तहरुलाई प्राय जेल चलान गरी मुद्दा अघि बढाईएको पाईन्छ ।
मुद्दाको फैसाला हुन भने सामान्यता दुई देखि तिन वर्षसम्म लाग्ने गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]