१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाजसेवी पारसको अग्रसरता ऋषिदेव वस्तीमा

विराटनगर ५ चाँदनी चोकका स्थानीय वासिन्दा पारस थापा आजभोली ऋषिदेव वस्ती विराटनगर १२ मा भेटिन्छन् । उनी त्यहाँ पवित्र मन लिएर मात्र समाजसेवा गर्नकै लागि जान्छन् ।
Logo
निरज बस्नेत

विराटनगर, जेठ १३
विराटनगर ५ चाँदनी चोकका स्थानीय वासिन्दा पारस थापा आजभोली ऋषिदेव वस्ती विराटनगर १२ मा भेटिन्छन् । उनी त्यहाँ पवित्र मन लिएर मात्र समाजसेवा गर्नकै लागि जान्छन् ।

हातमा कापी कलम साथमा लिएरनै जान्छन् । थापा त्यस ठाउँमा पुग्नासाथ स–साना नानीहरु खुशीले रमाउँछन् । यिनले पठनपाठनका लागि भनेर ती साना साना नानीहरुलाई शिक्षाको लागि पढ्ने सामाग्रीहरुको जोहो गर्दे आइरहेका छन् ।

यस्तो महान् कार्यका लागि यिनले आफ्नै खर्चबाट धानिरहेका छन् । स–साना नानीहरुको सरसफाईमा समेत विशेष ध्यान पुर्याउँदै हात धुने तरिका सिकाएका छन् । यसका लागि चाहिने आवश्यक साबुन पनि आफै किनिदिन्छन् ।

यस्ता सामाजिक कार्यहरुमा यिनको मन विगत १० बर्ष अगाडीदेखीनै आएको हो । आजभन्दा १० बर्ष अगाडीनै यिनले जव ऋषिदेव वस्ती हेरे । त्यो समयमानै त्यहाँ केही गर्छु भन्ने हुटहुटी आएकै थियो ।

विराटनगर १२ औषधी फ्याक्ट्री पछाडी रहेको यो ऋषिदेववस्तीमा रहेका करिब करिब २५ जना स–साना बालबालिकाको अवस्था एकदमै विपन्न अवस्थाकै रहेको छ । कसैको सहयोग विना यिनीहरु विद्यालय गएर पढ्ननै असंभव थियो ।

आज यहाँका बालबालिका २५ जनाले नै राम्ररी पढिरहेका छन् । उमेर ५ देखी १२ बर्षसम्मका नानीहरु अध्ययनरत छन् । विराटनगर १२ मै रहेको बखरी आधारभूत विद्यालयमा बालबालिकाहरु अहिले पढिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]