१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

स्वर्ण जयन्तीको पहिलो कार्यक्रम निःशुल्क आँखा शिविर

३८ जनाको निःशुल्क आँखाको शल्यक्रिया
Logo
निरज बस्नेत

आँखा शिविरमा आँखा जाँच गर्दे चिकित्सक

विराटनगर, १३
विराटनगरको प्रतिष्ठित सामाजिक संस्था अतिथि सदनमा शनिवार आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । अतिथि सदनको स्वर्ण जयन्तीको अवसरमा उक्त कार्यक्रम गरिएको आँखा शिविर कार्यक्रमका संयोजक जितेन्द्र कुमार राठीले बताएँ ।

सो अवसरमा १८४ जनाले निःशुल्क आँखा परिक्षण गराएको कुरा संयोजक राठीले जानकारी दिएका छन् । यी मध्ये ३८ जनाकोनिःशुल्क आँखाको शल्यक्रिया समेत भएको छ ।

यसक्रममा, रामलाल गोल्छा आँखा अस्पताल, विराटनगर महानगर तथा अतिथि सदनको संयुक्त आयोजना रहेको कुरा संयोजक राठीले बताएका छन् ।

कार्यक्रममा अतिथि सदनका अध्यक्ष दिनेश गोल्छा, सचिव ललित कुमार लोहिया, सहसचिव कृष्ण कुमार शर्माको उपस्थिती रह्यो । त्यस्तैगरी स्वर्ण जयन्ती समारोह समितिका सचिव संजय दुगड, का.का. समिति सदस्य राम अवतार अग्रवाल, अशोक कुमार अग्रवाल, विमल कुमार अग्रवाल, निवर्तमान अध्यक्ष नन्द किशोर राठी, वडा सदस्य जितेन्द्र कुमार अग्रवाल लगायतको पनि कार्यक्रममा उपस्थिती रहेको थियो । यता महानगरको प्रतिनिधिका रुपमा रेखा राजभण्डारीको पनि उपस्थिती देखियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]