०४ भाद्र २०८३, बिहिबार
20-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भन्सार एजेण्ट प्रतिनिधि राख्ने व्यवस्था खारेज, आन्दाेलनमा प्रतिनिधि

कडा प्रतिकारमा उत्रने चेतावनी : सचिव, संजय ढुगड
Logo
निरज बस्नेत

विराटनगर
नेपाल सरकारले आर्थिक वर्ष यसपटकको बजेट मार्फत भन्सार एजेण्ट प्रतिनिधि राख्ने व्यवस्था खारेज गरेको छ ।  सरकारको यो निर्णयसँगै देशभरका ३ सयभन्दा बढी भन्सार प्रतिनिधि बेरोजागर हुने पक्का भएको छ ।

भन्सार विभागको प्रचलित  ऐनमा एक जना भन्सार एजेन्टले बढिमा २ जनासम्म भन्सार प्रतिनिधि राख्न सक्ने व्यवस्था छ । तर यस पटकको बजेटले उक्त व्यवस्थालाई खारेज गरिदिएको छ । भन्सार एजेण्टले तेस्रो मुलुकबाटआएको विभिन्न फर्म वा व्यक्तीको मालसमानलाई भन्सार मुल्याङ्कन अनुसार पास गराउने काम गर्दछ । सो कामको लागी सहयोगीका रुपमा एजेण्टले दुई जना व्यक्त्तिलाई  प्रतिनिधि राख्न पाउने कानुनी व्यवस्था रहदै आएको थियो ।

सरकारको उक्त कदमको विरोधमा भन्सार एजेण्ट प्रतिनिधिहरु अन्दोलनमा समेत उत्रिरहेका छन् । आजै मात्र कोशी प्रदेशमा कार्यरत्त भन्सार एजेण्टहरुले पेन डाउन गरी कामकाज ठप्प पारेका छन् । यता विराटनगरवाट स्वतन्त्र ‍भन्सार प्रतिनिधिका सचिव संजय ढुगडले सरकारले निर्णय नसच्चाए कडा प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । गरी खान पाउँने नेपालीको संवैधानिक अधिकारलाई राज्यले हचुवाको भरमा खरेज गर्नु नहुने ढुगडको तर्क छ ।

दशकौ देखि यो क्षेत्रमा काम गरिरहेका प्रतिनिधिहरुलाई राज्यले कुनै पनि विकल्प नदिई खारेज गरिनुलाई, एजेण्ट प्रतिनिधिहरुले सरकारको उदण्डता भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]