१७ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

भन्सार एजेण्ट प्रतिनिधि राख्ने व्यवस्था खारेज, आन्दाेलनमा प्रतिनिधि

कडा प्रतिकारमा उत्रने चेतावनी : सचिव, संजय ढुगड
Logo
निरज बस्नेत

विराटनगर
नेपाल सरकारले आर्थिक वर्ष यसपटकको बजेट मार्फत भन्सार एजेण्ट प्रतिनिधि राख्ने व्यवस्था खारेज गरेको छ ।  सरकारको यो निर्णयसँगै देशभरका ३ सयभन्दा बढी भन्सार प्रतिनिधि बेरोजागर हुने पक्का भएको छ ।

भन्सार विभागको प्रचलित  ऐनमा एक जना भन्सार एजेन्टले बढिमा २ जनासम्म भन्सार प्रतिनिधि राख्न सक्ने व्यवस्था छ । तर यस पटकको बजेटले उक्त व्यवस्थालाई खारेज गरिदिएको छ । भन्सार एजेण्टले तेस्रो मुलुकबाटआएको विभिन्न फर्म वा व्यक्तीको मालसमानलाई भन्सार मुल्याङ्कन अनुसार पास गराउने काम गर्दछ । सो कामको लागी सहयोगीका रुपमा एजेण्टले दुई जना व्यक्त्तिलाई  प्रतिनिधि राख्न पाउने कानुनी व्यवस्था रहदै आएको थियो ।

सरकारको उक्त कदमको विरोधमा भन्सार एजेण्ट प्रतिनिधिहरु अन्दोलनमा समेत उत्रिरहेका छन् । आजै मात्र कोशी प्रदेशमा कार्यरत्त भन्सार एजेण्टहरुले पेन डाउन गरी कामकाज ठप्प पारेका छन् । यता विराटनगरवाट स्वतन्त्र ‍भन्सार प्रतिनिधिका सचिव संजय ढुगडले सरकारले निर्णय नसच्चाए कडा प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । गरी खान पाउँने नेपालीको संवैधानिक अधिकारलाई राज्यले हचुवाको भरमा खरेज गर्नु नहुने ढुगडको तर्क छ ।

दशकौ देखि यो क्षेत्रमा काम गरिरहेका प्रतिनिधिहरुलाई राज्यले कुनै पनि विकल्प नदिई खारेज गरिनुलाई, एजेण्ट प्रतिनिधिहरुले सरकारको उदण्डता भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]