१५ माघ २०८२, बुधबार
28-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

श्री कबिर जयन्ती बिराटनगर लगायत मुलुकभर भब्यताका साथ मनाईदै

बिराटनगरभित्र मात्र एक हजारको संख्यामा गुरु कबिर साहेबका अनुयायीहरु रहेको स्थान समिति विराटनगरका अध्यक्ष बाबु प्रसाद यादवले जानकारी दिएका छन् ।
Logo
जनचर्चा संवाददाता

विराटनगर
आज ५६९ औं श्री कबिर जयन्ती बिराटनगर लगायत मुलुकभर भब्यताका साथ मनाईदै छ । सो कुराको जानकारी श्री गुरु कविर साहेव सथानका सभापति बाबु प्रसाद यादवले दिएका छन् ।

सो अवसरमा मुलुकका विभिन्न जिल्लाहरुमा रहेका श्री गुरु कबिर साहेब स्थानहरुमा विविध कार्यक्रम आयोजना गरिएको जानकारी साहेव स्थानका उप सभापति महावीर प्रसाद रौनियारले दिएका छन् ।

बिराटनगरमा मात्र श्रीे कबिर साहेवको ६ वटा स्थान रहेको कुरा गुरु कविर स्थानका सचिव दिप नारायण रौनियारले बताएका छन् । सो स्थानहरुमा आज भजन कीर्तन, सेतो झण्डो–तोलन, सन्त भोजन, लगायत अन्य विविध कार्यक्रमहरु भइरहेको कोषाध्यक्ष संजीव यादवले जानकारी दिएँ ।

जयन्तीमा सहभागी हुन हरिनगर, बुढीगंगा लगायत अन्य विविध ठाउँबाट सन्त महात्माहरु विराटनगरको बाटा रोडमा रहेको श्री कबिर स्थानमा आएको कुरा सदस्य राजेन्द्र प्रसाद यादव बताउँछन् ।

बिराटनगरभित्र मात्र एक हजारको संख्यामा गुरु कबिर साहेबका अनुयायीहरु रहेको स्थान समिति विराटनगरका अध्यक्ष बाबु प्रसाद यादवले जानकारी दिएका छन् ।

श्री गुरु कविर साहेव ५६९ वर्ष अघि भारतमा उत्पत्ती भएको किंबदन्ती रहेको कुरा समितिका सदस्य नागेन्द्र प्रसाद भगतको दावी रहेको छ । उनले विश्वमा छुवाछुत उन्मूलनका लागी अगुवाको भुमिका खेलेको अनुयायी बताउछन् ।

श्री कविर साहेव हिन्दु धर्म अन्र्तगत नै पर्ने गरेको जानकारी समिति सदस्य दिगम्वर यादव बताउँछन् । अन्तर यति मात्र छ, हिन्दु धर्मले छुवाछुत मान्छ, कविरका अनुयायी छुवाछुत मान्दैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]