२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

श्री कबिर जयन्ती बिराटनगर लगायत मुलुकभर भब्यताका साथ मनाईदै

बिराटनगरभित्र मात्र एक हजारको संख्यामा गुरु कबिर साहेबका अनुयायीहरु रहेको स्थान समिति विराटनगरका अध्यक्ष बाबु प्रसाद यादवले जानकारी दिएका छन् ।
Logo
जनचर्चा संवाददाता

विराटनगर
आज ५६९ औं श्री कबिर जयन्ती बिराटनगर लगायत मुलुकभर भब्यताका साथ मनाईदै छ । सो कुराको जानकारी श्री गुरु कविर साहेव सथानका सभापति बाबु प्रसाद यादवले दिएका छन् ।

सो अवसरमा मुलुकका विभिन्न जिल्लाहरुमा रहेका श्री गुरु कबिर साहेब स्थानहरुमा विविध कार्यक्रम आयोजना गरिएको जानकारी साहेव स्थानका उप सभापति महावीर प्रसाद रौनियारले दिएका छन् ।

बिराटनगरमा मात्र श्रीे कबिर साहेवको ६ वटा स्थान रहेको कुरा गुरु कविर स्थानका सचिव दिप नारायण रौनियारले बताएका छन् । सो स्थानहरुमा आज भजन कीर्तन, सेतो झण्डो–तोलन, सन्त भोजन, लगायत अन्य विविध कार्यक्रमहरु भइरहेको कोषाध्यक्ष संजीव यादवले जानकारी दिएँ ।

जयन्तीमा सहभागी हुन हरिनगर, बुढीगंगा लगायत अन्य विविध ठाउँबाट सन्त महात्माहरु विराटनगरको बाटा रोडमा रहेको श्री कबिर स्थानमा आएको कुरा सदस्य राजेन्द्र प्रसाद यादव बताउँछन् ।

बिराटनगरभित्र मात्र एक हजारको संख्यामा गुरु कबिर साहेबका अनुयायीहरु रहेको स्थान समिति विराटनगरका अध्यक्ष बाबु प्रसाद यादवले जानकारी दिएका छन् ।

श्री गुरु कविर साहेव ५६९ वर्ष अघि भारतमा उत्पत्ती भएको किंबदन्ती रहेको कुरा समितिका सदस्य नागेन्द्र प्रसाद भगतको दावी रहेको छ । उनले विश्वमा छुवाछुत उन्मूलनका लागी अगुवाको भुमिका खेलेको अनुयायी बताउछन् ।

श्री कविर साहेव हिन्दु धर्म अन्र्तगत नै पर्ने गरेको जानकारी समिति सदस्य दिगम्वर यादव बताउँछन् । अन्तर यति मात्र छ, हिन्दु धर्मले छुवाछुत मान्छ, कविरका अनुयायी छुवाछुत मान्दैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]