१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

डाक्टर उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिन्छ : सांसद शर्मा

Logo
निरज बस्नेत

काठमाडौं
प्रतिनिधि सभा सदस्य डा।सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले डाक्टर उत्पादन बढाएर विश्वबजारमा पठाउँन सके छिटै मुलुकलाई समृद्ध बनाउँन सकिने धारणा राखेका हुन् ।

क्यूवा र बंगलादेशले डाक्टर उत्पादन गरेर विश्वबजारमा पठाई बार्षिक खरबौं पैसा देशमा भित्र्याइरहेको उदाहरण दिदैं सांसद शर्माले नेपालले पनि यसबाट पाठ सिक्नुपर्ने तर्क गरे । नेपाल भन्दा ७५ प्रतिशत कम जनसंख्या भएको देश क्यूवाले ५० हजार डाक्टर उत्पादन गरेर अमेरिका, क्यानडा, यूके, फ्रान्स लगायत देशमा पठाई बार्षिक १४ खर्ब पैसा देशमा भित्र्याइरहेको तथ्यांक सांसद शर्माले प्रस्तुत गरे । लाखौं युवाहरु मजदुरी गर्न खाडी मुलुक गइरहेको अवस्थामा देशमा डाक्टर, इन्जिनियरसहितका दक्ष जनशक्ति उत्पादन गरेर विश्वबजारमा पठाउँन सके १० बर्षभित्रै मुलुकको आर्थिक विकासले फड्को मार्ने सांसद शर्माको आकलन छ ।

‘क्यूवा, बंगलादेश जस्ता मुलुकले डाक्टर उत्पादन गरेर विश्व बजारमा पठाई बार्षिक खरबौं पैसा देशमा भित्र्याइरहेका छन्,’ सभामुख मार्फत अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद शर्माले भने, ‘विश्वबजारमा बेच्न सकिने हाइड्रोपावर भन्दा पनि हटकेकको रुपमा यो क्षेत्र छ, मुलुकलाई समृद्ध बनाउँन सरकारले यो बिषयमा ध्यान दिओस् ।’

बजेटले, विपन्न र पछाडि परेका क्षेत्रका विद्यार्थीलाई मेडिकल, इन्जिनियरिङ जस्ता राम्रो शिक्षा पढ्न केही सहजिकरण नगरेको भन्दै उनले असन्तुष्टि जनाए । सरकारी अस्पतालमा मात्र स्वास्थ्य विमाको उपचार हुने भनेर सरकारले विमामा पनि व्यापार गरेको भन्दै सांसद शर्माले आक्रोश पोखे । विभिन्न बाहनामा मेडिकल कलेजमा सिट संख्या कटौति गर्ने गरिएको प्रति पनि सांसद शर्माले आपत्ति जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]