०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बुधबार विराटनगरमा वृहत रक्तदान कार्यक्रम हुने

Logo
निरज बस्नेत

विराटनगर
विश्व रक्तदान दिवसको अवसरमा बुधबार विराटनगरमा वृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएकाे छ । तत्काल रक्तदाता नामक संस्थाले डेढ दर्जनभन्दा बढी सामाजिक तथा व्यवसायिक स‌ंघसंस्थाकाे सहकार्यमा उक्त्त कार्यक्रम आयाेजना गर्न लागेकाे हाे । जेठ ३१ गते (बुधबार) बिहान ७ बजेदेखि  ११ बजेसम्म विराटनगरकाे महेन्द्र चाैकमा रक्त संकलन गरिने आयाेजक संस्थाका अध्यक्ष सुरेन्द्र मल्लले जानकारी दिएका छन्  ।

लुथरन सामुदायीक कल्याण समाज, ईसाइ समाज विराटनगर र नेपाल रेडक्रस सोसाइटी माेरङ्ग, राेट्रयाक्ट विराटनगर फियुजन, राेट्रयाक्ट नाेबल मेडिकल कलेज, बिईङ्ग लर्नर, एनवाइसीए विराटनगरकाे सहकार्यमा साे कायक्रम हुन गइरहेकाे  छ।  त्यसै गरी व्यवसायिक संस्थातर्फ मंगलम ट्रेडर्स, इनडिजाइन मिडिया, नाका रेष्टुरेण्ट एण्ड क्याफे, द गाेल्डस् जिमले समेत सहकार्य गरेकाे छ ।

कार्यक्रमकाे मिडिया पार्टनरहरुमा काेशी अनलाईन, राष्ट्रिय डेली, विकल्प खबर रहेका छन् । साे कार्यक्रममा जनचर्चा डट कमले समेत सहकार्य गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]