०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोत केन्द्र हस्तान्तरण

Logo
संवाददाता जनचर्चा

धनकुटा
धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले कार्यक्रम गरेर धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो ।

सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि समृद्धि आयोजनाले केही बर्षयता जिल्ला प्रशासन कार्यालय धनकुटा र इलाका प्रशासन कार्यालय राजारानीमा यो केन्द्र तथा सूचना कक्ष सञ्चालन गरिरहेको छ । सम्बन्धित पालिकासँगको साझेदारीमा सञ्चालन भइरहेको यो केन्द्र तथा सूचना कक्ष अब समृद्धिले छोडेर पालिकाकै पूर्ण स्वामित्वमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको हो । कार्यक्रममा समृद्धि आयोजनाका प्रमुख सरोज प्रसाद गुरागाईँले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र चौबिसे गाउँपालिकाका उपाध्यक्ष टंकमाया पाङ्गमी मगरलाई आप्रवासी स्रोत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण पत्र र हस्तान्तरण विवरण पुस्तिका प्रदान गरे ।

कार्यक्रममा केन्द्र तथा सूचना कक्षका लागि आवश्यक प्रोजेक्टरसहितका सामग्री पनि धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी र चौबिसे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाललाई हस्तान्तरण गरियो । उत्कृष्ट कार्यसम्पादन गरेबापत आप्रवासी स्रोत केन्द्र धनकुटाका सूचना अधिकृत मञ्जु राई, परामर्शकर्ता ओमकुमारी ढुंगाना ‘सुशिला’ र आप्रवासी सूचना कक्ष राजारानीका सूचना सहायक सुरेन्द्र लिम्बुलाई कार्यक्रममा प्रशंसा पत्र प्रदान गरी सम्मानित गरिएको छ ।

कार्यक्रममा धनकुटाका नगर प्रमुख तामाङले वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा युवाहरू विदेश जाने गरेकाले उनीहरूलाई समस्यारहित रोजगारीको वातावरण निर्माण गर्न आप्रवासी स्रोत केन्द्रले भूमिका निर्वाह गर्ने बताए । युवायुवतीलाई भरसक स्वदेशमै रोजगारीको व्यवस्था गर्ने तथा स्वरोजगार बन्न प्रोत्साहन गर्ने काम भइरहेको भन्दै नगर प्रमुख तामाङले विदेश नै जान चाहनेलाई पनि सहयोग पुर्याउन आप्रवासी केन्द्रलाई नगरपालिका मातहत ल्याइएको धारणा राखे ।

धनकुटामा २०७५ पुस २२ गतेदेखि यो केन्द्र सुरु गरिएको हो । यो केन्द्रबाट रोजगारीको खोजीमा रहेका युवाहरूलाई स्वदेशी रोजगारी तथा स्वरोजगारसम्बन्धी सूचना तथा जानकारी दिने र विदेश नै जान चाहनेलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिने गरिएको छ ।

त्यस्तै, विदेशमा समस्या परेमा उद्धार गर्ने र विदेशमा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्ति वा आफन्तलाई राहत प्रदान गर्न सहजिकरण गर्ने, वैदेशिक रोजगारीका क्रममा ठगिएकाहरुलाई क्षतिपूर्ति तथा न्याय प्रदान गर्न पनि सहजिकरण गर्ने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]