२८ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

वानर सेनाको टिजर सार्वजनिक

Logo
संवाददाता जनचर्चा प्रकाशित शुक्रबार, आषाढ ०१, २०८०

झापा
नेपाली कथानक चलचित्र वानर सेनाको शुक्रवार टिजर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र वानर सेनाको टिजर सार्वजनिक भएकाे हो ।
विजया दशमीको अवसर पारेर प्रर्दशनको तयारी गरिरहेको वानर सेनाको छायङ्कन सम्पन्न भइसकेकाे छ। निर्माता युवराज गिरी र अर्पण गिरीले निर्देशन गरेको यो चलचित्र गिरी ग्रेण्ड फिल्म प्रालिको ब्यानरमा तयार गरिएको छ । रामायण बेसमा आधारित रहेर तयार पारिएको यो चलचित्र नेपालकै पहिलो चलचित्र हुने दावी गरिएको छ ।
रामायण बेसमा पहिलो नेपाली कथानक चलचित्रका रुपमा वानर सेनालाई उभ्याइएको निर्माण पक्षको दाबी छ । यो चलचित्र निर्माण र निर्देशन झापालीले गर्न लागेका हुन् । चलचित्र निर्माणकर्ता युवराज निर्देशक अर्पणका बुवा हुन् । यता प्रोडक्सन म्यानेजरका रुपमा युवराजकी छोरी अंशिका गिरी रहेकी छिन् ।
क्यानडाको विनिवेगमा बसेर चलचित्र सम्बन्धी अध्ययन गर्दै चलचित्र निर्माणका लागि मात्रै तीन वर्ष रिसर्च गरेका अर्पणले रामायण बेसमा यो चलचित्र तयार पारेको बताइएको छ ।
यो चलचित्रमा सुरवीर पण्डित, किशोर खतिवडा, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, किशनबाबु बस्नेत, रमेश सोडारी,युवराज गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]