०३ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
Gold Silver Price (27 ASAR 2082, FRI)
Fine Gold 1 Tola NRs. 192300
Silver 1 Tola Nrs. 2235

सौर्य एयरलाइन्सको टिकट आईएमई-पे मार्फत काट्दा चन्द्रागिरि केबलकार फ्रि

Logo
संवाददाता जनचर्चा प्रकाशित शुक्रबार, आषाढ ०१, २०८०

झापा
सौर्य एयरलाइन्सले सेवाग्रहीलाई लक्षित गरेर विभिन्न अफरहरु ल्याएको छ । आईएमई-पे मार्फत सौर्य एयरलाइन्सको जहाजको टिकट काट्ने यात्रीले चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने भएको हो ।

सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले करिब ८ सय रुपैयाँ पर्ने चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता आईएमई ग्रुपसँग भएको जानकारी दिए ।

सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने यात्रीमध्ये जतिले आईएमई पेमार्फत टिकट काट्छन्, सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउने अध्यक्ष पोख्रेलले बताए । झापााको भद्रपुर, विराटनगर, पोखरा लगायतका स्थानबाट सौर्यको जहाज चढेर काठमाडौं पुगेकायात्रीले आईएमई पेमार्फत टिकट काटेमा सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने अध्यक्ष पोखरेलले जानकारी दिए ।

काठमाडौंबाट अन्य रुटमा यात्रा गर्ने यात्रीले पनि ‘आईएमई पे’मार्फत टिकट काटेको भए उनीहरूलाई पनि चन्द्रागिरिको टिकट निःशुल्क उपलब्ध गराइने पोखरेलले बताए । झापा भद्रपुर निवासी व्यवसायी पोख्रेल सामाजिक काममा सक्रिय रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२९ असार । पतंजली महानगर योग समिति विराटनगरले नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान गरेको छ । महिला पतंजली योग महानगर समिति तथा पतंजली योग समिति मोरङको समन्वयनमा विराटनगर ४ दयालु राधाकृष्ण धर्मशालामा कार्यक्रम भएको हो । २५ जना भन्दा नयाँ योग साधक,साधिकाहरुलाई प्रमाणपत्र र परिचय प्रदान गरिएको महानगर योगसमिति संयोजक शिल्पा प्याकुरेलले जानकारी दिइन् […]

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ। निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मुख्य छुट व्यवस्थाहरू […]

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]