१८ मंसिर २०८२, बुधबार
03-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

एकै दिनमा ११ सामाजिक काम

Logo
निरज बस्नेत प्रकाशित आइतबार, आषाढ ०३, २०८०

विराटनगर
लायन्स क्लब अफ विराटनगर ग्लोबलले आधा दर्जनभन्दा बढी सामाजिक कार्य एकै दिनमा सम्पन्न गरेको छ । सो अन्तरगत शनिबार क्लबले शनिमन्दिरमा रहेको गरिब तथा असाहयलाई खाना, पानी तथा लुगा निशुल्क वितरण गरेको छ ।

त्यसैगरी क्लबले शनिबारनै विराटनगर ८ स्थित विराटेश्वर विद्धाआश्रममा रहेका वृद्धावृद्धाको आँखा, सुगर र ब्लड प्रेसर जाँच गराएको छ । सोही दिन क्लबले आश्रममा लुगा तथा खाना समेत विरतण गरेको छ । क्लबले आश्रमको प्राङ्गणमा विरुवा रोपणको कार्यक्रममा पनि शनिबारै सम्पन्न गरेको छ ।
आयोजक क्लबका अध्यक्ष राकेश शाहको नेतृत्वमा लायन्स र यसका लाईन संस्थाका एक दर्जनभन्दा बढी सदस्यको अग्रसारता सो कार्य सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]