३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

उमेर १८१ वर्ष !

मृत्युले मेरो घरको बाटो विर्सिए जस्तो छ, म कुरिरहेको छु
Logo

विराटनगर, भाद्र ९
“उत्तरप्रदेश, भारतको वराणसीमा एक बृद्धले आफ्नो उमेर १८१ वर्ष पुगेको दावी गरेका छन् । महाष्टा मुरासी नाम गरेका ति बद्धले पुष्टीका लागी आफ्नो जन्मदर्ता र परिचय पत्रहरु हेर्न आग्रह गरेका छन् । उनको यो कुरा पृष्टी भएमा उनी संसारकै सबैभन्दा जिउदो बुढो मान्छे हुनेछन् । र मृत्यु पश्च्यात पनि सबैभन्दा बढी बाच्न सकेको मान्छेको लिष्टमा उनको नाम लेखिनेछ ।

मुरासीका अनुसार उनको जन्म सन १८३५मा बेंगलुरुमा भएको थियो । १९०३ मा वराणसी आएका उनी त्यसपश्च्यात कतै नगएको उनेको जिकिर छ । उनले १ सय २२ वर्ष मोचीको काम गरी १९५७ मा त्यो काम छोडेको बताए ।
उनी भन्छन् ‘मृत्युले मेरो घरको बाटो नै बिर्सियो जस्तो छ, म मृत्युलाई कुरिरहेको छु तर उ आउने नाम लिईरहेको छैन्’ । मुरासीको उमेर पत्ता लगाउन धेरैपटक टेष्टहरु गरिएपनि हालसम्म यकिन पत्ता लाग्न सकेको छैन्”

उक्त समाचार स्वतन्त्र वार्ता नामक भारतिय पत्रिकाबाट निकालिएको हो । समाचारमा दिईएको तथ्याङलाई हेर्ने हो भने यो समाचार किरब ३ वर्ष पुरानो जस्तो देखिन्छ । समाजिक संजालमा समाचारको फोटो सट गरी पोस्ट गरिएको भेटिएको छ तर फोटोमा पत्रिका कहिले प्रकाशन भएको उल्लेख गरिएको छैन् । सोही कारण समाचार पुरानो हो वा व्यक्तिको जन्म मिति गलत हो ठोस् कुरा खुल्न सकेको छैन् ।
हाल ति बृद्ध जिन्दा छन् वा छैनन् कुनै खबर छैन् । सबैभन्दा बुढो मान्छे (जिन्दा वा मुर्दा) कुनै पनि शिर्षक विश्व किर्तिमान्मा उनको नाम हालसम्म दर्ज भएको भेटिदैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]