१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

घरमै पुगेर पीडितकाे गुनासाे सुन्दै प्रहरी

पाईलट प्रोजेक्ट : मोरङ र खोटाङबाट शुरु
Logo
संवाददाता जनचर्चा

विराटनगर, असार २१
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको पीडित पुन: भेटघाट कार्यक्रम -२०८० कार्य योजना अनुसार पीडितहरुको घरदैलोमा पुगी भेटघाट गरी सुचना आदन प्रदान गर्ने कार्य शुभारम्भ भएको छ । पाईलट प्रोजेक्टको रुपमा पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय मोरङ र खोटाङबाट शुरु गरिएको कार्यक्रमलाई प्रदेशका सबै प्रहरी कार्यालयहरुबाट संचालन गर्ने कार्यबिधी अनुसार साेमबार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको उपस्थितिमा सुनसरीको दुहवी नगरपालिका-२ स्थित पिडितको घरमा गई पिडितसंग छलफल तथा अन्तक्रिया गरी कार्यक्रमको शुभारम्भ गरिएको थियाे भने साेही दिनबाट प्रदेश भरी अभियानको रुपमा उक्त कार्यक्रम संचालन गरिएकाे छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पीडितहरुलाई न्यायको अनुभुति दिलाउने उदेश्यले उक्त भेटघाट कार्यक्रम संचालन गरिएको हो । पीडित पुन भेटघाट कार्यक्रममा बिभिन्न अपराधिक ब्यक्तिहरुबाट पीडित हुन पुगेका उनिहरुलाई कार्यक्रम मार्फत भेटघाट गरी व्यक्तिगत सुरक्षा, पिडक पक्षबाट हुने संभावित दवाव, न्यायिक प्रगति विवरण तथा अपराध पीडित संरक्षण ऐन बमोजिम पीडितले प्राप्त गर्ने विभिन्न अधिकारको जानकारी दिइएको तथा यस किसिमका कार्यक्रमहरु निरन्तर संचालन गरिने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले बताउनु भयो ।

अपराधबाट सृजित असहजतामा पीडितले भोग्नु परेको पीडा र ब्यहोर्नु परेको क्षतिलाई राहतमा परिणत गर्नु, पीडालाई न्यून गर्नु, पीडितलाई ज्यकतष्भि हुनबाट रोक्नु र अपराधको पुनः सम्भावनालाई निरुत्साहित गर्नुका साथै पुर्णरूपले फैसला कार्यान्वयन नहुन्जेल तथा कार्यान्वयन पश्चात पनि पीडित र प्रहरी बीच निरन्तर सम्पर्क, समन्वय र सहयोग गर्ने उदेश्यका साथ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले “पीडित पुनस् भेटघाट कार्यक्रम संचालन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]