०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विद्युत आपूर्तिको समस्या समाधानका सम्वन्धमा छलफल

Logo
निरज बस्नेत

विराटनगर,२१ असार
विद्युत आपूर्तिको दीर्घकालिन समाधानका लागि आज उद्योग संगठन मोरङमा छलफल भएको छ । प्राधिकरणका डेपुटी प्रवन्ध निर्देशक मनोज सिलवाल र भार सम्प्रेशण केन्द्रका निर्देशक सुरेश भट्टराईको उपस्थितीमा भएको छलफलमा अगामी वर्ष सुख्खायाममा औद्योगिक क्ष्ँेत्रमा विद्युत आपूर्ति सहज वनाउने प्राधिकरणको योजना र भोल्टेज फल्क्च्यूएशन तथा ट्रिपिङको समस्या कसरी सम्वोधन गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो ।

गएको हिउँदमा औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिको जटिल समस्या भएकोले आगामी दिनमा विद्युत आपूर्तिको सुनिश्चितता खोज्न गत हप्ता काठमाण्डौ गएको उद्योग संगठन मोरङको प्रतिनिधि मण्डलले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई भेटी तत्कालको समस्या समाधानका लागि गरेको आग्रह अनुरुप प्राधिकरणको डेपुटी प्रवन्ध निर्देशक लगायतको टोलीले उद्योग व्यवसायीका साथ छलफल गरेको हो ।

उत्त कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले यस वर्ष जस्तो सुख्खायाममा विद्युत आपूर्तिमा समस्या नहुने सुनिश्चितताका लागि प्राधिकरणको योजना र यथार्थ जानकारी उपलब्ध गराउन माग गरेका थिए । त्यसैगरी गरी अध्यक्ष सुरानाले यस क्षेत्रका उद्योगहरुको विद्यूत आपूर्तिको गत पन्द्र दिनको तथ्यांक प्रस्तुत गर्दै ट्रिपिङ तथा लो भोल्टेज, फ्लक्चुएशनको समस्या समाधान कहिलेसम्म हुने भनि डेपुटी प्रवन्ध निर्देशक समक्ष जिज्ञासा राखेका थिए ।

प्राधिकरणका डेपुटी प्रवन्ध निर्देशक मनोज सिलवालले सुख्खायाममा हुने विद्युत अभावको समस्याको समाधानका लागि ढल्केवर–ईनरुवा चार सय केभिए प्रशारण लाईन तथा र वर्जुको सबस्टेशन निर्माण कार्य छिट्टै सम्पन्न गर्ने वताए । व्यवस्थापकीय पक्षका कारण हुने गरेको ट्रिपिङ, लो भोल्टेज, फल्क्च्युएशनको जस्ता समस्या न्यूनिकरणका लागि उद्योगहरुमा स्विचिङको व्यवस्था, कटहरी करोडोरमा कपर वायरको व्यवस्थाका साथै उद्योगी व्यवसायी गुनासो सुनुवाईका लागि प्राधिकरणले कल सेन्टरलाई पूर्णरुपमा संचालनमा ल्याई प्रभावकारी सेवा प्रवाह गर्ने जानकारी दिए ।

कार्यक्रममा उपस्थित अधिकांश उद्योगी व्यवसायीले ट्रान्सफरमर परिक्षणका लागि हेटौडा पु¥याउनु पर्ने वाध्यता अन्त्यका लागि प्रदेश स्तरीय ट्रान्सफरमर परिक्षण केन्द्र स्थापना गर्नुपर्ने, सडक पूर्वाधार निर्माण गर्दा प्राधिकरण र सम्वन्धित पक्षसंग समन्वय हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन कावरा, कोषाध्यक्ष सुवोध कोइराला, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, सन्तोष भगत, दिपक अग्रवाल, सिद्धार्थ कावरा, विद्युत प्राधिकरणका कोशी प्रदेश प्रमुख, ग्रिड तथा शाखा प्रमुखहरुका साथै उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]