१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सञ्चारकर्मी सहकारीले चार पत्रकार पुरस्कृत गर्ने

प्रधान, कट्टेल, सिग्देल र पोखरेल पुरस्कृत हुने
Logo
संवाददाता जनचर्चा

विराटनगर,असार २०
सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी सस्थाले अग्रज पत्रकार प्रमोद प्रधान, गोरखापत्र दैनिकका रंगेली सम्बाददाता तथा आवर विराटनगरका सम्पादक नवराज कट्टेल, मकालु टेलिभिजनका सह–सम्पादक सन्तोष सिग्देल र नेपाल टाइम्स अनलाइनकी कार्यक्रम संयोजक रञ्जिता पोखरेललाई सम्मानित एवम् पुरस्कृत गर्ने भएको हो ।

उनीहरुलाई सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको बाह्रौ स्थापना दिवसको अवसर पारेर असार २७ गते सम्मान गर्न लागेको हो । प्रधान तोरेन्द्रमान–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित हुने भएका हुन् । डा संझना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा राखेको सो पुरस्कारको राशि ५१ हजार छ ।

गत बर्षदेखि सुरु भएको सो पुरस्कार पहिलो वर्ष शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाललाइ प्रदान गरिएको थियो ।
कट्टेल २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका हुन् । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको सो पुरस्कारको राशि ५० हजारको छ । सो पुरस्कारको लागि समाजसेवी गोयलले पाँच लाखको अक्षयकोष खडा गरी सो व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरीका उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न थालिएको हो । यसभन्दा अगाडि सो पुरस्कार इलामका पत्रकार भीम चापागाईं, काठमाडौंका पत्रकार गजेन्द्र बुढाथोकी, विराटनगरका पत्रकार अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ र मोहन मान्नधरलाई प्रदान गरिसकिएको छ ।

यस्तै २०८० सालको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पत्रकार सिग्देललाई प्रदान गर्ने भएको हो । यसभन्दा अगाडि सो पुरस्कारबाट पत्रकार कुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभय राई, देवनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य र बाबुराम भण्डारी पुरस्कृत भैसकेका छन् । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मोरङ जिल्ला कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष २१ हजार नगद राशिसहित सम्मान गरिदै आएको छ ।
यस्तै पत्रकार पोखरेल २०८० सालको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुने भएकी हुन् । सो पुरस्कारको राशि १० हजार छ । यस अघि सो पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई , बिनु तिम्सिना, ज्योती चौहान, उमा पोखरेल, राजकुमारी तामाङ, एलिना दियाली र उषा सरदार पुरस्कृत भैसकेका छन् ।

मीनादेवी श्रेष्ठ महिला पत्रकारिता पुरस्कार कोशी प्रदेशमा कार्यक्षेत्र बनाइ पत्रकारिता गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष दिपक दाहालको अध्यक्षतामा बिहीबार बसेको बैठकले छनोट समितिले सिफारिस गरेको नामलाई अनुमोदन गर्दै चारैवटा पुरस्कारको घोषणा गरेको हो । पुरस्कार संस्थाको बाह्रौं स्थापना दिवसको अवसरमा २०८०असार २७ गते प्रदान गरिने संस्थाका सचिव बिजय खतिवडाले जानकारी दिए ।
छनोट समितिमा सञ्चारकर्मी सञ्चार सहकारी संस्थाका अध्यक्ष दीपक दाहाल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जिव खनाल, सञ्चारकर्मी सञ्चार सहकारी संस्थाकी सदस्य शान्ति गौतम दाहाल र पुरस्कार दाताको परिवारको प्रतिनिधि रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]