०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

प्रेस युनियनद्वारा ६ जना पत्रकार सम्मानित

Logo
निरज बस्नेत

उर्लाबारी, श्रावण ०३
नेपाल प्रेस युनियन मोरङ शाखाले जिल्लाका ६ जना पत्रकारलाई सम्मान गरेको छ ।

मोरङको बिराटचौकस्थित सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भएको ११ ओैं अधिवेशनमा ६ जना पत्रकारहरूलाई सम्मान गरिएको हो ।युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार लिलाबल्लभ घिमिरेलाई , शैलजा आचार्य महिला पत्रकारिता पुरस्कार करुणा बस्नेतलाई ,गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बिनोद भण्डारीलाई ,बाबुराम निरौलालाई गिरिजाप्रसाद कोइराला युवा पत्रकारिता पुरस्कार , विक्रम निरौलालाई रमाप्रसाद – मायादेवी रिजाल पत्रकारिता पुरस्कार र तेजन खड्कालाई रमाप्रसाद – मायादेवी रिजाल युवा पत्रकारिता पुरस्कार प्रदान गरे।

अधिवेशनको उद्घाटन गर्दै मन्त्री लिम्बूले युवालाई संसद,सदन,प्रतिपक्ष र सत्तापक्षका विषयमा पनि तालिमको ब्यवस्था गर्नुपर्ने बताए । उनले ललिता निवास प्रकरणले देशको राजनीति अस्थिरता तर्फ मोडिने सङ्केत गर्दै भ्रष्टाचार बिरुद्धको अभियानमा सरकार सफल भइरहेको बताए । नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद मैदान नभएकोले खेल क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको बताउँदै युवा तथा खेलकुद मन्त्रालयको पुरै संरचना परिवर्तनमा आफु लागि रहेको बताए।

युनियनका मोरङ अध्यक्ष भोजराज बस्नेतको सभापतित्वमा भएको उद्घाटन सत्रलाई नेपाली कांग्रेस मोरङका उप सभापति भक्तिनाथ माझी ,सचिव ललितबहादुर श्रेष्ठ ,नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका अध्यक्ष नारायणबहादुर कार्की ,बिराटनगर महानगरका नगर प्रमुख नागेश कोइराला कोशी ,समाजवादी प्रेस संगठन मोरङका अध्यक्ष ध्रुव भट्टराई ,

प्रेस संगठन मोरङका अध्यक्ष अर्जुन आचार्य,प्रेस चौतरी मोरङका अध्यक्ष सुदीप कोइराला,

विराटनगर महानगरका कांग्रेस सभापतिदीपक चापागाईं,बेलबारी कांग्रेस का सचिव राजेन्द्र अधिकारी र महिला नेतृ भगवती पौडेल लगायतले बोलेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]