१४ माघ २०८२, मंगलबार
27-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

प्रेस युनियनद्वारा ६ जना पत्रकार सम्मानित

Logo
निरज बस्नेत

उर्लाबारी, श्रावण ०३
नेपाल प्रेस युनियन मोरङ शाखाले जिल्लाका ६ जना पत्रकारलाई सम्मान गरेको छ ।

मोरङको बिराटचौकस्थित सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भएको ११ ओैं अधिवेशनमा ६ जना पत्रकारहरूलाई सम्मान गरिएको हो ।युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार लिलाबल्लभ घिमिरेलाई , शैलजा आचार्य महिला पत्रकारिता पुरस्कार करुणा बस्नेतलाई ,गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बिनोद भण्डारीलाई ,बाबुराम निरौलालाई गिरिजाप्रसाद कोइराला युवा पत्रकारिता पुरस्कार , विक्रम निरौलालाई रमाप्रसाद – मायादेवी रिजाल पत्रकारिता पुरस्कार र तेजन खड्कालाई रमाप्रसाद – मायादेवी रिजाल युवा पत्रकारिता पुरस्कार प्रदान गरे।

अधिवेशनको उद्घाटन गर्दै मन्त्री लिम्बूले युवालाई संसद,सदन,प्रतिपक्ष र सत्तापक्षका विषयमा पनि तालिमको ब्यवस्था गर्नुपर्ने बताए । उनले ललिता निवास प्रकरणले देशको राजनीति अस्थिरता तर्फ मोडिने सङ्केत गर्दै भ्रष्टाचार बिरुद्धको अभियानमा सरकार सफल भइरहेको बताए । नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद मैदान नभएकोले खेल क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको बताउँदै युवा तथा खेलकुद मन्त्रालयको पुरै संरचना परिवर्तनमा आफु लागि रहेको बताए।

युनियनका मोरङ अध्यक्ष भोजराज बस्नेतको सभापतित्वमा भएको उद्घाटन सत्रलाई नेपाली कांग्रेस मोरङका उप सभापति भक्तिनाथ माझी ,सचिव ललितबहादुर श्रेष्ठ ,नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका अध्यक्ष नारायणबहादुर कार्की ,बिराटनगर महानगरका नगर प्रमुख नागेश कोइराला कोशी ,समाजवादी प्रेस संगठन मोरङका अध्यक्ष ध्रुव भट्टराई ,

प्रेस संगठन मोरङका अध्यक्ष अर्जुन आचार्य,प्रेस चौतरी मोरङका अध्यक्ष सुदीप कोइराला,

विराटनगर महानगरका कांग्रेस सभापतिदीपक चापागाईं,बेलबारी कांग्रेस का सचिव राजेन्द्र अधिकारी र महिला नेतृ भगवती पौडेल लगायतले बोलेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]