३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सुन तस्करीका मुख्य नायिके सार्वजनिक गरियोस्ः सांसद शर्मा

"गृह र अर्थ मन्त्रालयको मिलेमतो देखिन्छ"
Logo
निरज बस्नेत

काठमाडौं,साउन ५
प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् । प्रहरीको उच्च सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्टबाट ठूलो परिमाणमा सुन भित्रिनुले घटनामा गृह मन्त्रालयको संलग्नता देखिएको उनको ठम्याई छ ।

गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबन्डामा कुरा नमिल्दा सुन समातिएको हुनसक्ने उनको बुझाई छ । डीआइजीको नेतृत्वमा विशेष सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्ट कटेर सुन भित्रिनु र एयरपोर्टको गेट कटेर गइसकेपछि अर्थ मन्त्रालय मातहतको राजश्व विभागले पक्राउ गर्नुले घटनामा गृहको संलग्नता पुष्टि गर्ने सांसद शर्मा बताउँछन् ।

‘विदेशमा भएको छोरालाई गाउँबाट आमाले एक बट्टा धुले अचार पठाउँदा पुलिसले थाहा पाउँछ, विदेशबाट आउँदा ल्याएको एउटा मोबाइल समातेर हल्ला पिटिन्छ, सिक्री थुतिन्छ, त्यस्तो कडा चेकजाँच हुने एयरपोर्टमा क्विन्टलका क्विन्टल सुन कसरी पस्छ र कसरी यहाँ एयरपोर्टको गेटबाट बाहिरि जान सक्छ?,’ काठमाडौंमा बिहीबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै सांसद शर्माले भने, ‘गृह मन्त्रालय मातहतको प्रहरीले नसमातेर एयरपोर्टबाट सुन बाहिरिनुले यसमा गृह सामेल थियो भन्ने प्रमाणित भयो, गृह र अर्थबीचको भागबन्डामा कुरा नमिल्दा पक्राउ परेको जस्तो देखिन्छ । यसमा संलग्न मुख्य नायिके सार्वजनिक गरिनुपर्छ, अब हामी त्यसै छोड्नेवाला छैनौ ।’

ठूलो पदमा भएका व्यक्ति वा ठूला राजनीतिकर्मीकै संलग्नतामा सुन तस्करी भएको सांसद शर्माको आशंका छ । मोरङको क्षेत्र नं.३ मा नेपाली कांग्रेसबाट निर्वाचित भएका सांसद शर्माले हाम्रो गठबन्धनको गृहमन्त्री, मेरो पार्टीको अर्थमन्त्री भनेर अब नछोडिने प्रष्ट पारे । अब बस्ने संसद् बैठकमा यसलाई जोडदार रुपमा प्रस्तुत गर्ने उनले जानकारी पनि दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]