२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराटनगरमा ‘मेक इन नेपाल’ अभियानबारे जानकारी

Logo
निरज बस्नेत प्रकाशित शुक्रबार, साउन ०५, २०८०

विराटनगर, साउन ५
नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च (सीएनआई वाइएफ)ले शुक्रवार विराटनगरमा  ‘मेक इन नेपाल’ अभियान सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

मञ्चको कोशी च्यापटरले आयोजना गरेको उक्त अभिमुखिकरण कार्यक्रममा ‘मेक इन नेपाल’ अभियानका अभियानता हितेश गोल्छाले अभियानबारे सहभागीहरुलाई जानकारी गराएका थिए । स्वदेशमा बनेका वस्तुलाई प्रवद्र्धन गर्ने साे अभियानको मुख्य उद्देश्य रहेको गल्छाले सहभागीहरुलाई अभिमुखिकृत गरे । अधिक्तम स्वदेशी कच्चा पदार्थ र स्वदेशी श्रम लागेर बनेका उत्पादनले ‘मेक ईन नेपाल’ अन्तर्गतकको “स्वदेशी” चिन्ह अंकित लाेगाे समेत लिनसक्ने गाेल्छाले बताए ।

कार्यक्रममा परिसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी च्यापटर अध्यक्ष भिम घिमिरेले स्वादेशी उत्पादनलाई प्रवद्र्धन गर्ने सवालमा सवै उद्याैगीक तथा व्यापारीक संघसंस्था एक जुट हुन आग्रह गरे ।  उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले ‘मेक ईन नेपाल’ जस्तै उद्योग संगठनले ‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियान चलाईरहेको जानकारी गराए । एउटै उद्देश्य लिएर हिडेको संघसंस्थाहरुले दुईटा छुटै लोगो प्रयोग गर्दा समाजमा गलत सन्देश जानेभन्दै अध्यक्ष सुरानाले स्वदेशी उत्पादन प्रवद्र्धनको लागी सवै सरोकारवाला संघसस्थाहरुले एउटै लोगो प्रयोगमा ल्याउनु पर्ने प्रस्ताव समेत राखे ।

कार्यक्रममा युवा उद्यमी मञ्च कोशीका अध्यक्ष अनमोल प्रधान, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, होटल एसोसिएशन संघ कोशीका अध्यक्ष राजन श्रेष्ठले समेत मन्तव्यको क्रममा मेक ईन नेपाल अभियानले स्वेदशी वस्तुलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]