१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा ‘मेक इन नेपाल’ अभियानबारे जानकारी

Logo
निरज बस्नेत

विराटनगर, साउन ५
नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च (सीएनआई वाइएफ)ले शुक्रवार विराटनगरमा  ‘मेक इन नेपाल’ अभियान सम्बन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

मञ्चको कोशी च्यापटरले आयोजना गरेको उक्त अभिमुखिकरण कार्यक्रममा ‘मेक इन नेपाल’ अभियानका अभियानता हितेश गोल्छाले अभियानबारे सहभागीहरुलाई जानकारी गराएका थिए । स्वदेशमा बनेका वस्तुलाई प्रवद्र्धन गर्ने साे अभियानको मुख्य उद्देश्य रहेको गल्छाले सहभागीहरुलाई अभिमुखिकृत गरे । अधिक्तम स्वदेशी कच्चा पदार्थ र स्वदेशी श्रम लागेर बनेका उत्पादनले ‘मेक ईन नेपाल’ अन्तर्गतकको “स्वदेशी” चिन्ह अंकित लाेगाे समेत लिनसक्ने गाेल्छाले बताए ।

कार्यक्रममा परिसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी च्यापटर अध्यक्ष भिम घिमिरेले स्वादेशी उत्पादनलाई प्रवद्र्धन गर्ने सवालमा सवै उद्याैगीक तथा व्यापारीक संघसंस्था एक जुट हुन आग्रह गरे ।  उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले ‘मेक ईन नेपाल’ जस्तै उद्योग संगठनले ‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियान चलाईरहेको जानकारी गराए । एउटै उद्देश्य लिएर हिडेको संघसंस्थाहरुले दुईटा छुटै लोगो प्रयोग गर्दा समाजमा गलत सन्देश जानेभन्दै अध्यक्ष सुरानाले स्वदेशी उत्पादन प्रवद्र्धनको लागी सवै सरोकारवाला संघसस्थाहरुले एउटै लोगो प्रयोगमा ल्याउनु पर्ने प्रस्ताव समेत राखे ।

कार्यक्रममा युवा उद्यमी मञ्च कोशीका अध्यक्ष अनमोल प्रधान, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, होटल एसोसिएशन संघ कोशीका अध्यक्ष राजन श्रेष्ठले समेत मन्तव्यको क्रममा मेक ईन नेपाल अभियानले स्वेदशी वस्तुलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]