२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

गैरभन्सार एजेन्टलाई काम नदिन भन्दै एजेन्ट संघले बुझायाे ज्ञापन पत्र

Logo
निरज बस्नेत

विराटनगर, साउन ९
भन्सार एजेन्ट संघ, विराटनगरले गैर-एजेन्टलाई काम नदिन भन्दै उद्योगाैक तथा व्यापारीक संघसंस्थाहरु ज्ञापन पत्र बुझाएकाे छ । भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सदस्य प्रविण जोशी र विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा नेतृत्वको टोलीले सोमबार विभन्न उद्योगी तथा व्यापारीक संघसंस्थालाई ज्ञापन पत्र बुझाएका छन् ।

उक्त टाेलीले नेपाल उद्याेग परिसंघ केन्द्रिय उपाध्यक्ष तथा काेशीका अध्यक्ष भिम घिमिरे, एफएनसीसीआइका सदस्य एवं व्यापार संघ माेरङका अध्यक्ष नविन रिजाल र उद्याेग संगठन माेरङका अध्यक्ष राकेश सुरानासँग प्रत्यक्ष भेटघाट गरी ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझाउदै भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सदस्य प्रविण जोशीले अनाधिकृत रुपमा काेशी प्रदेशका विभन्न भन्सार कार्यालयमा गैरभन्सार एजेन्टको रुपमा आयात निर्यात सम्बन्धी काम गरिरहेकालाई प्रतिबन्ध लगाउन आग्रह गरे ।

विराटनगर भन्सार एजेन्ट संघका अनुसार विराटनगर भन्सार कार्यालयमा १३३ जना मात्र भन्सार एजेन्ट रहेका छन् । त्यस बाहेक १०० भन्दा बढि गैरभन्सार एजेन्टले भन्सार कार्यालय विराटनगरबाट अनाधिकृत रुपमा आयात निर्यातको काम गरिरहेको संघले जानकारी दिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]