०५ आषाढ २०८१, मंगलबार
18-06-2024 , Tue

साउन २० गते विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने

नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शनी
Logo
संवाददाता जनचर्चा प्रकाशित बिहिबार, साउन ११, २०८०

विराटनगर, ११ साउन
विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो ।

आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले फेसन शो गर्न लागिएको तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिइन् । ‘नेपालमा पनि निकै उत्कृष्ट फेसन डिजाइनरहरू हुनुहुन्छ, हामीसँग भएका डिजाइनरहरूको कलालाई फेसन शो का माध्यमबाट सबैमाझ देखाउने उद्देश्यले कार्यक्रम गर्न लागेका हौं,’ सञ्चालक कटेलले भनिन् ।

फेसन शो का लागि २ पुरुष र १६ जना महिला गरी १८ जना मोडेलहरू छनौट गरिएको छ । तनस्का फेसन स्टुडियोका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर उनीहरु र‍्याम्पमा उत्रनेछन् । रनवेमा गरिने प्रदर्शनीका लागि साउनको पहिलो सातादेखि नै मोडेलहरू अभ्यासमा जुटिरहेका छन् । विराटनगर–३ गोग्राहा चोकस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा फेसन शो गर्ने तयारी भइरहेको छ । कार्यक्रमलाई सफल पार्न स्टुडियोका सञ्चालक बनिसाको संयोजकत्वमा मूल आयोजक समिति निर्माण गरिएको छ । त्यस्तै, रोमन कटेलको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति, रबिन कटेलको संयोजकत्वमा प्रचारप्रसार समिति, यसु बरालको संयोजकत्वमा अतिथि सत्कार समिति र राजिव रिजालको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।

कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरू पनि तनस्काको पहिरन लगाएर प्रदर्शनीमा उत्रने फेसन शो का प्रचारप्रसार समिति संयोजक रविन कटेलले जानकारी दिए । भारतको कोलकतास्थित नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी कलेजबाट फेसन डिजाइनमा स्नातकोत्तर गरेकी बनिसाले २०७७ सालबाट फेसन स्टुडियो सञ्चालन गरेकी हुन् । यो स्टुडियो, फेसन डिजाइन पढेका डिजाइनरले नै सञ्चालन गरेको कोशी प्रदेशको पहिलो फेसन स्टुडियो भएको दावी गरिएको छ ।

सामान्य सर्वसाधारणदेखि स्थापित भइसकेका राष्ट्रिय कलाकारहरूले पनि तनस्का फेसन स्टुडियोमा तयार भएका ड्रेस लगाउँने गरेका छन् । सीटीईभीटीबाट मान्यता प्राप्त सो इन्स्टिच्यूटले फेसन डिजाइनको डिप्लोमा लेबलको कोर्ष अध्ययन गराउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 असार ३, काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने गरिन्छ । मुस्लिम धर्मावलम्बीले आज नजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन पनि छ । यस पर्वका अवसरमा मक्का […]

विराटनगर,असार १ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मोरङ क्षेत्र नं. ४ को प्रथम अधिवेशन सुरु भएको छ । ग्रामथान गाउँपालिका स्थित नेताचोकमा भएको उक्त कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले गरेका छन् । कार्यक्रममा बोल्दै पराजुलीले आदिवासी, जनजातिको सर्वाङ्गीण विकासबाट मात्रै देशको समृद्धि सम्भव हुने बताए । आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको […]

झापा, असार १ । पर्याबरण संरक्षणको सन्देश प्रवाह गर्दै विश्व पैदाल यात्रामा निस्किएका रोहन अग्रवालले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरेका छन् ।  भारतको महाराष्ट्रस्थित नागपूराका २२ वर्षीय रोहनले पर्यावरण संरक्षणका लागि सचेतना जगाउँदै भारत र वंगलादेशको पैददलयात्रा सम्पन्न गरी नेपाल आएका हुन् । पश्चिम नेपालबाट पैदलयात्रा शुरु गरेका रोहनले नेपालका ७३ वटा जिल्लाको […]