१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
Gold Silver Price (Baishak 14, 2083, Mon)
Fine Gold 1 Tola NRs. 301000
Silver 1 Tola Nrs. 5060

सुन तस्करीका नाइके पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने सांसद शर्माको घोषणा

Logo
निरज बस्नेत

काठमाडौं, १० साउन
प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् । सुन तस्करीका मुख्य नाइके पक्राउ गर्न सात दिनसम्मको समय दिने र सो समयसम्म पनि नाइके पक्राउ नगरी भरियालाई मात्र थुन्ने काम भए आफू सदनमै अनशनमा बस्ने उनले घोषणा गरे । ‘यदि समय लिने हो भने ७ दिनभित्र सुन तस्करीका मुख्य नाइके पक्राउ गछौँ भनेर भन्नुपर्यो, यदि यो विषयलाई समान्य ढंगले हेरियो र भरियालाई मात्र थुनेर नाइके पक्राउ गरिएन भने म सदनमै आमरण अनशन बस्ने घोषणा गर्छु,’ सांसद शर्माले भने ।

यो पक्ष वा प्रतिपक्षको सवाल नभई आम नेपालीको सवाल भएकाले आफू जनताको सवालमा अनशन बस्ने उनको भनाई छ । चैत १७ गते अर्थमन्त्रीले सपथ खानु, बैशाख २० गते अर्थसचिव परिवर्तन हुनु, जेठ १७ गते भन्सारको चिफ फेरिनु र साउन ५ गते सुन भित्रिनुमा सम्बन्ध रहेको उनले आशंका व्यक्त गरे ।

कांग्रेसबाट निर्वाचित भएका सांसद शर्माले आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणका नाइके पक्राउ गर्न नसकेकाले उनीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनले बताए ।

देश, विदेशका धेरै व्यक्तिले नैतिकताका आधारमा राजीनामा दिएको उदाहरण दिदै उनले यहाँ पनि गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाई छ । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित शर्मा सरकारी तलब भत्ता नलिने एकमात्र सांसद हुन् । पार्टीगत स्वार्थभन्दा माथि उठेर अभिव्यक्ति दिदै आएका सांसद शर्मा जनपक्षीय सवालहरूमा खरो उत्रँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]