११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

चाँदबाबु इराकी, डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित

विराटनगरका युवा समाजसेवी चाँदबाबु इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित भएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजीत एक कार्यक्रममा इराकी सम्मानित भएका हुन् ।
Logo
निरज बस्नेत

युवा समाजसेवी चाँदबाबु इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित

विराटनगर, श्रावण १४
विराटनगरका युवा समाजसेवी चाँदबाबु इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित भएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजीत एक कार्यक्रममा इराकी सम्मानित भएका हुन् ।

१२ देशका होनहार ३०० युवा सम्मिलित यस भव्य कार्यक्रमका बीचमा आफू सम्मानित हुन पाएकोमा इराकी खुशी व्यक्त गर्छन् । नेपालको राष्ट्रिय झण्डा यतैबाट लगेका उनले उक्त झण्डा दिल्लीको उक्त औंपचारिक कार्यक्रममा र्फफराएका थिएँ ।

यो नै नेपाली हुनुको एउटा शान अनि मान हो । जव विदेशी भूमिमा आफुभन्दा प्यारो आफ्नो राष्ट्रियता हुन्छ , हो यही चीजले आफ्नो स्वाभिमान उच्च राख्छ । जसको प्रतिनिधित्व नेपालका इराकीले भारतमा गरे ।

भारतका पूर्व राष्ट्रपति तथा मिसाइलम्यान उपाधीधारी डा. एपीजे अब्दुल कलामको पुण्यतिथीको अवसरमा ख्वाव फाउण्डेशनले आयोजना गरेको उक्त ऐतिहासिक कार्यक्रममा नेपाल, भारत लगायत मलेसिया, श्रीलंका, बंगलादेश, साउदी अरेयिबा, अफ्रिका, माल्दिभ्स, बर्मा लगायत देशबाट होनहार युवाको गरिमामय उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]