२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

चाँदबाबु इराकी, डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित

विराटनगरका युवा समाजसेवी चाँदबाबु इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित भएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजीत एक कार्यक्रममा इराकी सम्मानित भएका हुन् ।
Logo
निरज बस्नेत

युवा समाजसेवी चाँदबाबु इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित

विराटनगर, श्रावण १४
विराटनगरका युवा समाजसेवी चाँदबाबु इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित भएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजीत एक कार्यक्रममा इराकी सम्मानित भएका हुन् ।

१२ देशका होनहार ३०० युवा सम्मिलित यस भव्य कार्यक्रमका बीचमा आफू सम्मानित हुन पाएकोमा इराकी खुशी व्यक्त गर्छन् । नेपालको राष्ट्रिय झण्डा यतैबाट लगेका उनले उक्त झण्डा दिल्लीको उक्त औंपचारिक कार्यक्रममा र्फफराएका थिएँ ।

यो नै नेपाली हुनुको एउटा शान अनि मान हो । जव विदेशी भूमिमा आफुभन्दा प्यारो आफ्नो राष्ट्रियता हुन्छ , हो यही चीजले आफ्नो स्वाभिमान उच्च राख्छ । जसको प्रतिनिधित्व नेपालका इराकीले भारतमा गरे ।

भारतका पूर्व राष्ट्रपति तथा मिसाइलम्यान उपाधीधारी डा. एपीजे अब्दुल कलामको पुण्यतिथीको अवसरमा ख्वाव फाउण्डेशनले आयोजना गरेको उक्त ऐतिहासिक कार्यक्रममा नेपाल, भारत लगायत मलेसिया, श्रीलंका, बंगलादेश, साउदी अरेयिबा, अफ्रिका, माल्दिभ्स, बर्मा लगायत देशबाट होनहार युवाको गरिमामय उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]