०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

रविलाई बोल्न पनि प्रतिबन्ध

अन्तिम टुंगो नलागेसम्म मृत पुडासैनीको मुद्दामा बोल्न प्रतिबन्ध
Logo

चितवन, भाद्र १०
संचारकर्मी रवि लामिछानेले मृत शालिकराम पुडासैनीको बारेमा सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका रविलाई जिल्ला अदालत चितवनले उक्त विषयमा बोल्न प्रतिबन्ध लगाएको हो ।
सोमाबार थुनछेक बहसपछि लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गर्न भनिएको छ ।
साथै अभियुक्तहरुलाई यो मुद्दाबारे सार्वजनिक रुपमा बोल्न समेत रोक लगाएको छ ।
मुद्दाको अन्तिम टुंगो नलागेसम्म समाजिक संजाल तथा टेलिभिजन वा कुनै पनि संचारमाध्यमबाट यस विषयको बारे चर्चा गर्न अभियुक्तहरुले नपाउने भएका छन् । मुद्दा प्रक्रिया तथा अनुसन्धानमा प्रभाव पर्न सक्ने संभावनालाई मध्यनजर गर्दै उनीलाई यस विषयमा अदालतले बोल्न प्रतिबन्ध लगाएको हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]