१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

माल्भिका धुरु धुरु रुदै भन्छिन् ः मेरो घरवार विग्रियो…

पूर्व मिस नेपाल माल्भिकाको घरवार विग्रियो
Logo
निरज बस्नेत

रियाज तथा माल्भिका

विराटनगर, साउन २१
पूर्वमिस नेपाल मध्येकी सवैभन्दा राम्री माल्भिका सुब्बाको घरवार विग्रियो भन्दा धेरैलाई पत्यार नलाग्ला, तर यो वास्तविकता हो । मनोरन्जन क्षेत्र मध्येको सफल जोडी रियाज श्रेष्ठ तथा माल्भिका सुब्बाको मानिन्थ्यो । लभ म्यारिज गरेका यिनीहरुको घरवार आज तासको घरझै भत्कियो ।
नायिका प्रियंका कार्कीको युट्युव कार्यक्रमका क्रममा माल्भिकाले आँशुको धारासरी यो वियोगान्त कथा बेलिविस्तार लाएर सुनाएकी थिइन् । हुन त रियाज अनि माल्भिकाको सम्वन्ध नराम्रो भएको ४ बर्षभन्दा बढी समय भइसकेको थियो । तरपनि आफ्नो घरवार विग्रियोको कुरा आजसम्म माल्भिकाले लुकाएरनै राखेकी थिइन् । माल्भिका रियाजसँग अलग भएको पनि ४ बर्षनै वितिसकेको छ ।
त्यो कठिन समयमा आत्महत्याको बाटो रोजेको पनि माल्भिका स्मरण गर्छिन् । तर छोराको मायााकै कारण आज आफु जिवित भएको उनी रुदै भन्छिन् । यता एउटै छोराको लालनपालन चाहीँ दुवै मिली गरिरहेका छन् ।
आफू सेलिव्रटी भएको कारण पनि आफूभित्रको पीडा लुकाएर राखेको माल्भिका बताउँछिन् । प्रियंकासँग मनको कुरा खोल्न सजिलो भएको कारण पनि हुनसक्छ, यस समयमा माल्भिका निर्धक्क भएर खुलेकी छिन् । फेरी अर्कोतर्फ सेलिब्रेटीको हाईफाई लाइफ हेर्दा देखिने हुँदा समेत आफू दर्शकमाझ खुल्न डराएको समेत उनी बताउँछिन् । मनभित्र रहेको दुःख, पीडा आखिर कतिसमयसम्म दवाएर राख्न सकिन्छ र भन्दै यसपाली माल्भिकाले सवै कुरा खुलस्त पारिदिइन् ।
रियाज अनि माल्भिकाको इन्टरकास्ट म्यारिज भएको कारणनै घरवार टुटेका बताइन्छ । यो कुरा उनी स्वंयम् पनि स्विकारछिन् । विहे गरेको शुरु शुरुमा पति रियाज अनि उनको परिवार सवैले राम्रो गरेको र पछि विस्तारै सम्वन्धमा खटपट शरु भएको माल्भिका जोडले भक्कानिदै बताउँछिन् ।
अन्ततः जे नहुनु थियो, त्यो भएर छाड्यो । रियाज तथा माल्भिकाको घरवार टुट्यो । यसक्रमा माल्भिकालाई सम्पतिको लोभ लालच अलिकता पनि रहेन । श्रीमानको एक पैसा पनि उनले नलिइ अलग भएकी हुन् । एक छोरा अहिले माल्भिाकै साथमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]