१२ मंसिर २०८०, मंगलबार
28-11-2023 , Tue

कोशी प्रदेशमा प्रहरीलाई अनलाईनद्धारा निर्देशन

Logo
संवाददाता जनचर्चा प्रकाशित बिहिबार, कार्तिक ०२, २०८०

बिराटनगर, कार्तिक ०१ 

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेका प्रहरी कार्यालय प्रमुखहरुलाई Virtual माध्यमद्धारा निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वाहाँले प्रहरी ब्याटनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खटिने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई बिशेष धन्यवाद दिनुका साथै कोशी प्रदेश कार्यालय तथा अन्तरगत रहेका कार्यालयहरुले गरेको कार्यालय ब्यबस्थापन, सौन्दर्यकरण तथा प्रणालीगत सुधारका साथै बिबिध सचेतना मुलक कार्यक्रमको प्रशंसा गर्न योग्य रहेको बताउँदै आगामी दिनमा समेत यस्ता क्रियाकलापमा निरन्तर रुपमा लागी पर्न प्रेरित गर्नु भयो ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” अन्तर्गत आउँदै गरेको नेपालीहरुको महान चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिबिधी लगायत बिभिन्न अपराधिक घटनाहरुलाई निरुत्साहित गर्न सुरक्षा योजना बमोजिम प्रहरी परिचालन गरी शान्ति सु-ब्यबस्था कायम गर्न निर्देशन दिनुभयो । यसका साथै वहाँले चाडपर्वको समयमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न सरोकारवाला निकायहरुसंग समन्वय गरी बजार अनुगमन गर्ने ब्यबस्था मिलाउन, भन्सार छली तथा चोरी निकासी पैठारी नियन्त्रण र पटकाजन्य बस्तुको ओसारपसार नियन्त्रणमा बिशेष ध्यान दिनका साथै सवारी दुर्घटना न्युनिकरणका लागी सवारी चेकजाँचमा कडाई गर्न  ट्राफिक र जनपद प्रहरीको संयुक्त जनशक्ति परिचालन गरी चेकजाँचलाई थप मर्यादित र ब्यबस्थित बनाउन समेत निर्देशन दिनु भएको छ ।

निर्देशनकै क्रममा वहाँले सम्प्रदायिक, धार्मिक तथा राजनैतिक गतिबिधीको बारेमा अग्रिम सूचना संकलन गर्दै Operational Readiness  र Heavy Police deployment गरी सुरक्षा ब्यबस्थालाई थप मजबुत बनाउन समेत निर्देशन दिनु भयो ।

यसका साथै मानव बेचबिखन, लागुऔषधको नियन्त्रण, चोरी पाकेटमारी, जुवातासजन्य गतिबिधी नियन्त्रण, मादकपदार्थ सेवन गरि हुने झै-झगडा तथा होटलहरुमा हुने अवान्छित क्रियाकलाप नियन्त्रण गर्दै आफ्नो पदिय जिम्मेवारि त्रुटि रहित ढङगबाट पुरा गर्न र शुन्य सहनशिलताको नितीलाई अक्षरस पालना गर्दे प्रहरी आचरण र व्यवहारलाई शभ्य, शिष्ट र मर्यादित बनाई कानूनको परिधिमा रही जन-चाहाना बमोजिमको सुरक्षा ब्यबस्था मिलाउन तथा प्रहरीमा आपसी भाईचाराको भावना विकास गरी एक आपसमा शुभकामना आदान प्रदान गर्न र कार्यालय प्रमुखहरुले आ-आफ्नो मातहत कार्यालयहरुको अनुगमन गरी कार्यरत प्रहरी कर्मचारीहरुको पिरमार्का गुनासोहरुको सम्बोधन गर्न समेत निर्देशन दिनु भयो ।

यसका साथै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहत प्रहरी कर्मचारीहरुलाई बिजयादशमी, शुभदिपावली, छठ पर्व, नेपाल सम्वत, ईद, ल्होसार पर्वको अवसरमा व्यक्तिगत , पारिवारीक तथा व्यवसायिक जिवनको सफलता एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १२ विराटनगरमा पुस पहिलाे सातादेखि ट्रेड एक्स्पाे  आयोजना हुने भएको छ। साे एक्स्पाे पुस ६ देखि १६ गते विराटनगरकाे श‌ंकरपुर खेलमैदानमा गर्न लागिएको आयोजक संस्था मोरङ व्यापार संघले जनाएको छ । संघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले “मोरङ व्यापार संघ एक्सपो ” नाम दिएर प्रदर्शनी आयोजना गर्न लागिएको […]

काठमाडाैं, मंसिर १० प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रियातर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन् । National Central Bureau (NCB) नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग […]

विराटनगर,मंसिर ५ विराट गोल्डकप फुटवल  सम्पन्न भएको ७ महिना वितिसक्दा पनि उक्त टुनामेन्टकाे वास्तविक आम्दानी र खर्च सार्वजनिक भएकाे छैन । विराट गोल्डकप फुटवल ट्रष्टले गोल्काप टुनामेन्ट सम्पन्न गर्न विराटनगर महानगर पालिकाका प्रमुख समेत रहनु भएका नागेश कोइरालालाई संयोजकको जिम्मेवारी दिएको थियो। विराट गोल्डकप सम्पन्न भए पछि लेखा परिक्षण अडिट गरि कागजपत्र ट्रष्टलाई बुझाउनु पर्नेमा […]