१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कोशी प्रदेशमा चाडपर्वलाई सुरक्षित बनाउन साढे ७ हजार प्रहरी परिचालन

Logo
संवाददाता जनचर्चा

विराटनगर, कार्तिक ४ 
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनरले चाडपर्वलाई सुरक्षित बनाउन चाड पर्व सुरक्षा कार्य योजना २०८० अनुसार थप प्रहरी परिचालन गरेको छ । चाड पर्व सुरक्षा कार्य योजना अनुसार  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदेशमा ७ हजार ५ सय १५ जना प्रहरी जनशक्ति परिचालन गरेको छ ।  जिल्लाको सुरक्षा व्यवस्थालाई मजवुद बनाई आम नागरिकमा सुरक्षित र भयरहित तवरबाट चाड पर्व हर्ष र उल्लासका साथ मनाउने  वातावरण सृजना गर्न, बैङ्क तथा बितिय संघ संस्थाहरुमा हुने कारोवार सुरक्षित बनाउन, बिभिन्न गन्तब्य सम्म जाने यात्रुहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती दिलाउन र कुनै किसिमको अप्रिय घटना, दुर्घटना हुन नदिन चाड पर्व सुरक्षा योजना  तयार गरी  दुरुस्त र योजनाबद्धरुपमा प्रहरी परिचालन गरेको हो ।

चाड पर्वको समयमा हुन सक्ने अवान्छित/ अपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण र बिगतको घटनालाई  विश्लेषण गरी चाडपर्व लक्षित सुरक्षा योजना अनुसार प्रदेश स्तरिय कमाण्ड पोष्ट स्थापना गरी १४ वटै जिल्लाहरुमा  जिल्ला कमाण्ड पोष्ट स्थापना गरी प्रहरी परिचालन गरेको छ । यसै गरी प्रदेश रिजर्भ टोली ४ वटा र  जिल्ला रिजर्भ टोली २६ वटा र जिल्लाहरुमा १७ वटा स्ट्राईकिङ टोली तयार गरी परिचालन गरिएको छ । जिल्लाहरुमा शान्ति सुरक्षाको निम्ति बिशेष चेकिङ, नियमित चेकिङ, रात्री कालिन चेकिङ, ट्राफिक सहित संयुक्त चेकिङ, मोवायल गस्ती, पैदल गस्ती, मोटरसाईकल गस्ती, साईकल गस्ती तथा बिभिन्न स्थानमा पिकेट ड्युटी खटाई सुरक्षा व्यवस्था मजवुद बनाईएको छ ।

बजार एरिया,बैङक, बितिय संघ संस्था एकान्त ठाउँ, मानिसको बढी भिडभाड हुने स्थानहरुमा शान्ति सुरक्षाको निम्ति पैदल तथा मोवायल गस्ती र सादा पोशाकमा परिचालन गरिएको छ भने चोक बजार लगायत बिभिन्न स्थानमा रहेका CC TV को निगरानी समेत बढाईएको  छ  । अन्तराष्ट्रिय सिमानाका तथा अन्तर जिल्लाका नाकाहरुमा अवैध सामान तथा बिष्फोटक पदार्थ भित्रिन नदिन  मुख्य नाका तथा संकास्पद स्थानहरुमा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी संकित ब्यक्ति तथा  सवारी साधनहरुमा कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाईएको छ । सवारी दुर्घटना न्युनिकरण, यात्रु सहजिकरण तथा यात्रुहरु ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरी संचालनमा ल्याईनुको साथै राजमार्गहरुमा २४ सै घण्टा संयुक्तरुपमा ट्राफिक प्रहरी सहितको बिशेष चेकिङ गरिदै आएको छ ।

सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक स्थल, उधोग कलकारखानाहरुको सुरक्षाको निम्ति आवश्यक पैदल तथा मोवायल गस्ती सहित थप प्रहरी परिचलान गरिएको छ भने पहाडी भेगहरुमा शान्ति सुरक्षाको निम्ति लामो तथा छोटो ग्रामिण गस्ति, बजार गस्ती, खवर संकलन समेत गरी सुरक्षा व्यवस्था मजवुद बनाईएको छ । यसै गरी बजारमा खाधान्न लगायत अत्यावश्यक उपभोग्य वस्तुको बिक्रि बितरण सहज बनाउन सरोकारवाला निकायसंग समन्वय गरी बजार अनुगमन समेत गरिदै आईरहेको छ ।

यसै गरी चाड पर्वको समयमा हुन सक्ने अपराधिक गतिविधि लगायत बिभिन्न घटना दुर्घटनाबाट मानविय तथा भौतिक क्षति न्युनिकरणको लागि कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरु समेतले सचेतनाको लागि रेडियो, टेलिभिजन तथा बिभिन्न पत्र पत्रिका मार्फत सुरक्षा सम्वन्धि सचेतनामुलक जानकारी समेत गराउदै आईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]