०३ चैत्र २०८१, सोमबार
17-03-2025 , Mon
Gold Silver Price (3 chaitra 2081, SUN)
Fine Gold 1 Tola NRs. 174600
Silver 1 Tola Nrs. 2060

झापामा तालिम प्राप्त कुकुर सहितको प्रहरी चेकिङ

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, कार्तिक १२, २०८०

विराटनगर, कार्तिक १२ 
झापाको भद्रपुर स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सिमावर्ती एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुर सहित कडाइका साथ चेकजाँच गरिदै आएको छ । शनिबारबाट भद्रपुर नगरपालिका-५ स्थित मेचीपुल तथा आसपासका एरियामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली तथा २ वटा तालिम प्राप्त कुकुर सहितको चेकिङ टोलीले सिमा नाकामा आवत जावत गर्ने सवारी साधन तथा संकित मानिसहरुलाई चेकजाँच गर्दै आईरहेको छ ।

कोशी प्रदेश अन्तरगत रहेका मुख्य सिमा नाका सहित अन्य सिमा नाकाहरु तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधि नियन्त्रणको लागि कुकुर सहितको प्रहरी चेकिङ  टोलीले  निरन्तरुपमा कडाईका साथ चेकजाँच गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,३ चैत्र । विराटनगरमा वैदिक सनातन धर्मको वैज्ञानिकता र आजको समाज विषयक धार्मिक प्रवचन सम्पन भएको छ । शनिबार श्री श्री श्री चिन्न जीयर स्वामी महाराजले दिनुभएको प्रवचनमा कोशी प्रदेशका विभिन्न धर्मानुराघीहरूको सहभागीता रहेको थियो । प्रवचन कार्यक्रममा बेद र सनातन धर्मले अगालेका विषयहरूनै मानव जीवनका लागि मोक्ष पाउने उत्तम बाटो भएको बताइयो । बेदले […]

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]