१४ भाद्र २०८३, आइतबार
30-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भाटभटेनी बर्षेनी २०० करोडको आलिसान महल ठहराएर हुन्छ के ?

जुत्ता, चप्पल, फर्निचर, भाडा वर्तन लगायतका सामान त ब्राण्डेडको नाममा ब्रम्ह्लूट मच्चाइको छ । हो, यही कारण भाटभटेनीले नाफाखोर व्यापार गरेकै छ । अनि बर्षेनी २०० करोडको आलिसान महल त बन्नेनै भयो हैन त ?
Logo
निरज बस्नेत

भाटभटेनी सुपरमार्केट

विराटनगर, कार्तिक १३
मिन बहादुर गुरुङको एकल लगानी भनिएको भाटभटेनी सुपरमार्केटले बर्षेनी २०० करोडको लगानी भन्दै देशका प्रमुख शहरहरुमा आलिसान महल ठहराइरहेको छ । देशभित्रै लगानी गर्नु राम्रो कुरा हो । अनि देशका युवा–युवतीलाई स्वदेशमै रोजगार दिनुपनि राम्रै हो । तर, यो सँगै सामाजिक उतरदायित्व पनि त केही हुन्छ नी ? यसतर्फ यसका संचालक मिनले खासै चासो राखेको पटक्कै देखिदैन । के, बर्षेनी २०० करोडको महल बनाउनु मात्रै सफलता हो त ? यससम्वन्धमा स्वं यसका संचालक मिन सँग पनि चित्तबुझ्दो जवाफ छैन । अनि यहाँ कार्यरत कर्मचारीले त कामै खुस्केला भन्ने डरले बोल्ने कुरै भएन ।
भाटभटेनीको अर्को शाखा, आउँदो २७ वैशाखमा दमकमा खोल्ने यसअघिनै जनाइसकेको छ । नेपालकै ठूलो भनिएको इटहरीको भाटभटेनी त घाटामा चलिरहेको छ । दशैंमा समेत यहाँस्थित भाटभटेनीमा न्यून व्यापार भएको कुरा यहाँ कार्यरत कर्मचारीले बताएँ । धरानको पनि हालात त्यस्तै छ । विराटनगरको चाँही नाफामै छ भनेर भनिएको छ । पूर्वको विर्तामोडको त पर्ख र हेर को स्थितीमा छ । किनकी यो त केही समय अगाडीनै खुलेको हो । राजधानीका भाटभटेनीको केहीको राम्रो त होला तर अन्यको हकमा नोक्सानीनै छ । व्यापार–व्यवसाय त्यति छैन , भनेर त संचालक मिननै स्वीकार्छन् ।
अधिकांश भाटभटेनीको भुँइतल्लामा खाधान्न आइटम राखिएको हुन्छ । फेरी खाधान्न आइटम बजार भाउ भन्दा केही सस्तोमा बेचिन्छ । भनिन्छ नि हात्तीको देखाउने दाँत, यही काम गर्दे आएको छ । लुगाफाटामा पेलेर नाफा लिन्छन् । जुत्ता, चप्पल, फर्निचर, भाडा वर्तन लगायतका सामान त ब्राण्डेडको नाममा ब्रम्ह्लूट मच्चाइको छ । हो, यही कारण भाटभटेनीले नाफाखोर व्यापार गरेकै छ । अनि बर्षेनी २०० करोडको आलिसान महल त बन्नेनै भयो हैन त ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]