०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने पाँच जना पक्राउ

Logo
संवाददाता जनचर्चा

कार्तिक १४, काठमाडौं
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै लाखाैं रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई रौतहटका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी भएकाे उजुर परेपछि प्रहरीले साे गिराेहलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका(५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका(६ बस्ने १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेका छन् ।

उनीहरूले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी म ईसेवाको आधिकारिक कर्मचारी हुँ, तपाईको ईसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नविकरण, KYC Form Update, Statement Verify, Secure Transfer Charge नलाग्ने, ५० प्रतिशत Cash Back रकम उपलब्ध गराईदिन्छु भनी बिश्वास दिलाई झुक्यानमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको खुल्न आएपछि उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरेको हो ।

उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]