०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

साहयता माग्दै दुवै मृगौला फेल भएका पत्रकार दियाली

Logo
आषिका लम्साल

विराटनगर, कार्तिक २१
सुनसरी ईटहरीका पत्रकार पिबी दियालीले उपचारमा सहयोग गरि दिन याचना गरेका छन् ।
दुवै मृगौला फेल भएकोले पत्रकार पिबी दियालीले उपचारका लागि सरकार, समाजिक संघसँस्था र दयालु दाताहरुसँग सहयोगका लागि याचना गरेका हुन् ।
सुनसरीको ईटहरीमा बसेर २९ बर्षदेखी सक्रृय व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकार दियाली विश्वकर्माले आफनो दुबै मृगौला खराब भएको र उपचारका लागि आफुसँग आर्थिक हैसियत नभएकोले सहयोगका लागि अनुरोध गर्न बाध्य भएको बताए ।
आफु मृगौला रोगी भएकोले उपचारका लागि सहयोग गर्न पत्रकार महासंघ केन्द्रिय र प्रदेश समितिलाई अनुरोध गरिसकेको पत्रकार दियालीले बताए ।
पत्रकार दियाली उच्च रक्त्तचाप र मधुमेहका विरामी पनि हुन । लामो समय प्रेसर र डाइबेटिजको कडा औषधी सेवन गरेकै कारण आफनो मृगौला खराब भएको हुनसक्ने उनको भनाई छ ।
४८ बर्षिय पत्रकार दियाली ईटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधानसम्पादक हुन् । उनले लामो समय धरानबाट प्रकाशित ब्लााष्ट दैनिकमा पत्रकारिता गरेका थिए । उनले ईटहरीमा गणराज्य दैनिकपनि प्रकाशन गरेका थिए ।
पत्रकार दियालीकाअनुसार उनी संकटकालको समयमा तीन महिना हिरासतमा परेका थिए । उनलाई ३ सय ३५ दिन नजरबन्दमा पनि राखिएको थियो ।
पत्रकार दियालीहाल नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजक छन् । पत्रकार दियाली दलित हकहितका लागि सक्रृय रुपले लागिपर्दै आएका छन् । उनले सम्पत्तीका नाममा आफुसँग ईटहरीमा एउटा सानो घर मात्र भएको बताए । उनका श्रीमती र एक छोरा छन् । श्रीमती चिया नास्ता पसल सञ्चालन गर्दछिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]