२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

मेसिनमा चेपिएर कामदारको मृत्यु

Logo
संवाददाता जनचर्चा प्रकाशित बुधबार, कार्तिक २९, २०८०

सुनसरी, कार्तिक २८
सुनसरीको दुहबी ननरपालिका-३ सोनापुर स्थितमा रहेको premium organic बिअर फ्याक्ट्रीमा मेसिनमा चेपिएर कामदारको मृत्यु भएको छ । साेमबार राति साढे ५ बजे स्थानिय  प्रमोद सरदारको काम गर्ने क्रममा मेसिनको बेल्टमा चेपिएर घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनास्थलको कानुनि प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमकोलागी कोशी अस्पताल बिराटनगर पठाएको थियो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]