१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
Gold Silver Price (Baishak 14, 2083, Mon)
Fine Gold 1 Tola NRs. 301000
Silver 1 Tola Nrs. 5060

प्रधानमन्त्रीबाट अरिहन्त मल्टिफाइबर्सका गोल्छालाई प्रशंसापत्र प्रदान

Logo
निरज बस्नेत

काठमाडाैं, मंसिर १२
प्रधानमन्त्री पुष्पकमल दाहालले सुनसरीको अरिहन्त मल्टिफाइबर्स लिमिटेडका सञ्चालक राजकुमार गोल्छालाई प्रशंसापत्र प्रदान गरेका छन् । सामाजिक सुरक्षा कोषद्वारा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योगपति गोल्छालाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

प्रधानमन्त्री दाहालले अरिहन्त मल्टिफाइबर्सलाई उत्पादनमुलक उद्योगको तर्फबाटकोषमा सूचीकृत रोजगारदातामध्ये गत आर्थिक वर्ष २०७९–८० मा योगदानकर्ता(श्रमिक)हरूको संख्याका आधारमा उत्कृष्ट भएको भन्दै प्रशंसापत्र प्रदान गरेका थिए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारी, सामाजिक सुरक्षा कोष सञ्चालक समितिका अध्यक्ष केवलप्रसाद भण्डारी र कार्यकारी निर्देशक कविराज अधिकारीको पनि उपस्थिति थियो ।
उद्योगपति गोल्छाले नेपालमा औद्योगिकीकरणको आरम्भ गर्ने आफ्ना हजुरबा स्वर्गीय रामलाल गोल्छाको ड्रिम प्रोजेक्टका रूपमा रहेको जुट उद्योगलाई आफूले निरन्तरता दिएको बताए ।
उनले जुट उद्योगका कारणले नै आफूले प्रशंसापत्र पाउँदा आफ्ना कर्मवीर हजुरबाको समेत सम्मान भएको अनुभव भएको प्रतिक्रिया व्यक्त गरे । सुनसरीको दुहबीमा विगत ३१ वर्षदेखि सञ्चालित अरिहन्त मल्टिफाइबर्समा ४२ सय श्रमिक कार्यरत छन् । यसमध्ये ४० प्रतिशतभन्दा बढी महिला श्रमिक भएको उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईंले बताए ।
बजगाईंका अनुसार दैनिक ८५ मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगका सबै श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । उद्योगले बर्सेनि ५ सय करोडभन्दा बढी मूल्यका जुटका सामग्रीको निर्यात गरिरहेको छ । बोरा, सुतली र ह्यासियन कपडाको उत्पादन गरिरहेको उद्योगले गत वर्षदेखि जुटका सोपिङ ब्याग र लेनो कपडाको पनि उत्पादन गरिरहेको छ । लेनो कपडा जालीजस्तो हुने र सडक कालोपत्रे गर्न तथा पहाडमा भूक्षय नियन्त्रणका लागि वृक्षारोपण गर्न काम लाग्ने बजगाईंले बताए ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]