२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

प्रधानमन्त्रीबाट अरिहन्त मल्टिफाइबर्सका गोल्छालाई प्रशंसापत्र प्रदान

Logo
निरज बस्नेत प्रकाशित मंगलबार, मंसिर १२, २०८०

काठमाडाैं, मंसिर १२
प्रधानमन्त्री पुष्पकमल दाहालले सुनसरीको अरिहन्त मल्टिफाइबर्स लिमिटेडका सञ्चालक राजकुमार गोल्छालाई प्रशंसापत्र प्रदान गरेका छन् । सामाजिक सुरक्षा कोषद्वारा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योगपति गोल्छालाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

प्रधानमन्त्री दाहालले अरिहन्त मल्टिफाइबर्सलाई उत्पादनमुलक उद्योगको तर्फबाटकोषमा सूचीकृत रोजगारदातामध्ये गत आर्थिक वर्ष २०७९–८० मा योगदानकर्ता(श्रमिक)हरूको संख्याका आधारमा उत्कृष्ट भएको भन्दै प्रशंसापत्र प्रदान गरेका थिए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारी, सामाजिक सुरक्षा कोष सञ्चालक समितिका अध्यक्ष केवलप्रसाद भण्डारी र कार्यकारी निर्देशक कविराज अधिकारीको पनि उपस्थिति थियो ।
उद्योगपति गोल्छाले नेपालमा औद्योगिकीकरणको आरम्भ गर्ने आफ्ना हजुरबा स्वर्गीय रामलाल गोल्छाको ड्रिम प्रोजेक्टका रूपमा रहेको जुट उद्योगलाई आफूले निरन्तरता दिएको बताए ।
उनले जुट उद्योगका कारणले नै आफूले प्रशंसापत्र पाउँदा आफ्ना कर्मवीर हजुरबाको समेत सम्मान भएको अनुभव भएको प्रतिक्रिया व्यक्त गरे । सुनसरीको दुहबीमा विगत ३१ वर्षदेखि सञ्चालित अरिहन्त मल्टिफाइबर्समा ४२ सय श्रमिक कार्यरत छन् । यसमध्ये ४० प्रतिशतभन्दा बढी महिला श्रमिक भएको उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईंले बताए ।
बजगाईंका अनुसार दैनिक ८५ मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगका सबै श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । उद्योगले बर्सेनि ५ सय करोडभन्दा बढी मूल्यका जुटका सामग्रीको निर्यात गरिरहेको छ । बोरा, सुतली र ह्यासियन कपडाको उत्पादन गरिरहेको उद्योगले गत वर्षदेखि जुटका सोपिङ ब्याग र लेनो कपडाको पनि उत्पादन गरिरहेको छ । लेनो कपडा जालीजस्तो हुने र सडक कालोपत्रे गर्न तथा पहाडमा भूक्षय नियन्त्रणका लागि वृक्षारोपण गर्न काम लाग्ने बजगाईंले बताए ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]