१० कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

बालबालिका प्रयोग गरी सर्कस देखाउने विराटनगरबाट पक्राउ

Logo
निरज बस्नेत प्रकाशित शुक्रबार, मंसिर १५, २०८०

काठमाडाैं, मंसिर १५
बिहिबार विराटनगरको बरगाछी पुर्व पत्रकार चौकमा कर्तब देखाउदै गरेको अवस्थामा एक सर्कस टोलीलाई प्रहरीले पक्राउ गरेको छ । सो सर्कस टोलीमा अन्दाजी ४५ वर्षीय एक महिला र ३ बालबालिका थिए ।

सर्कस देखाउने क्रममा महिलाले ३ बालबालिकालाई जोखिमपुर्ण कार्यमा लगाएको देखेपछि स्थानीयहरुले तत्काल प्रहरीलाई खबर गरेको थिए । प्रत्यक्षदर्शीका अनुसार सर्कस देखाउने महिलाले अन्दाजी २० फिट अग्लो बासको खम्बामा डोरीको पुल बनाई त्यसमा एक बालिकालाई हिड्न लगाएकी थिईन् । त्यसबाहक पनि अनेकौं कर्तब देखाउने तयारी गरिरहेको अवस्थामा प्रहरीले उनीलाई पक्राउ गरेको हो ।

उक्त कर्तब देखाउने टोली भारतको छत्तिसगढबाट आएको जानकारी प्राप्त भएको छ । उनीहरुले यसै गरी सडकमा कर्तब देखाएर आफ्नो राजीरोजी चालाईरहेको प्रहरीलाई बयान दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]