०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सटर फुटाएर डकैती गर्ने सात पक्राउ

मुख्य योजनाकार भने फरार
Logo

विराटनगर, भाद्र १३
विराटनगरमा श्रृंखलाबद्ध रुपले डकैती गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
डकैतको गिरोहमा तीन भारतीय र चार जना नेपाली नागरिक रहेका छन् । भारतीय नागरिकमा विहार मधुवनी बेनीपट्टी कटैया–१३ का ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता र बेनीपट्टी लदौता–६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान रहेको छन् । त्यस्तै नेपाली नगरिकमा रौतहटको गौर नगरपालिका–३ पोखरियाका ४१ वर्षीय मोहम्मद मोहिज धुनियाँ, ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका–४ का ५२ वर्षीय शेख मोहम्मद सलिफ र ४६ वर्षीय शेख अली असगर रहेका छन् ।
प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरी डकैत र डकैतीका घटनाहरु सार्वजनिक गरेको छ । सातै जना डकैतलाई मोरङको पथरी नगरपालिका–१ बाट बिहिवारनै पक्राउ गरेको प्रहरीले जनाकारी दिएको छ ।
पक्राउ परेको गिरोहले विराटनगरमा मात्रै चार पटक डकैती गरिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार डकैतहरुले पछिल्लो पटक मंगलबार(भाद्र १०) बिहान साढे ३ बजे सटर फुटाएर विराटनगर महानगरपालिका–७ स्थित माँ भवानी ईन्टरप्राईजेजबाट छ लाख रुपैयाँ र कदमाह कृषि सहकारी संस्था लिमिटेडबाट पनि सटर फुटाएर चार लाख ९५ हजार रुपैयाँ डकैती गरेका थिए ।
। त्यस अघि गत साउन २३ गते विहान विराटनगर–२ शनिहाटमा रहेको गणनायक मार्के्टिङ हाउस नामक किराना पसलबाट चार लाख तथा सटर पञ्चकन्या ट्रेड लिंकबाट पाँच लाख ९५ हजार रुपैयाँ डकैती गरेको प्रहरीको भनाइ छ । यी दुवै पसलको पनि सटर फुटाएरै डकैतहरुले पैशा लुटुको बताईएको छ ।

डकैतीमा प्रयोग हुने स्कोरपिओ

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार पक्राउ परेकाहरुले डकैतीमा भारतीय नम्बर प्लेटको स्कोरपिओ प्रयोग गर्ने गरेको खुलेको छ । उक्त स्कोरपिओ प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समय विराटनगरमा डकैती गरिसकेपछि सातै जना सोही स्कोरपिओ गाडीमा चढेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत छिर्ने योजनामा रहेको थियो । त्यही योजना अनुसार भारततर्फ जाने क्रममा पथरीशनिश्चरेमा पुगेपछि इलाका प्रहरी कार्यालय पथरीका टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुवाट विभिन्न समयमा गरिएको डकैतिको प्राप्त सिसी टिभी फुजेटबाट उनीलाई पक्राउ गर्न सकिएको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुको साथबाट विभिन्न कम्पनीका सातवटा मोबाइल सेट, १२ हजार आठ सय ५० नेपाली र ११ हजार चार सय १० भारतीय रुपैयाँ, स्कोरपिओ गाडी, एउटा नेपाली र नौवटा भारतीय सिमकार्ड, फलाम काट्न प्रयोग हुने कटर मेसिन, कम्ब्याट पेन्ट र हाफपेन्ट दुईवटा, सातवटा गाम्छा, दुईवटा तन्ना र दुईवटा तौलिया र चारवटा झोला बरामद भएको छ ।
प्रहरीका अनुसार यही समूहमा रहेका भारत मधुवनीकै मोहम्मद कलाम पक्राउ परेका बेला स्कोरपिओ गाडीमा भेटिएनन् । प्रहरीका अनुसार स्कोरपिओ गाडीमा नभेटिएका कलाम नेपालमा डकैती गर्ने घटनाको मुख्य योजनाकार हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]