१३ माघ २०८१, आइतबार
26-01-2025 , Sun
Gold Silver Price (13 Magh 2081, Sun)
Fine Gold 1 Tola NRs. 160900
Silver 1 Tola Nrs. 1880

अवैध हिरासहित एक भारतीय पक्राउ

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, मंसिर २६, २०८०

काठमाडौं,मंसिर २६
दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय संजय मैतीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना।१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित फेला पारेको र उक्त धातु सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा हिरा भएको पुष्टी भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१३ माघ । फास्ट फेसन र अनावश्यक कपडाको उपभोगले वातावरणमा पारेको प्रभाववारे विराटनगरमा समीक्षा गरिएको छ । शैक्षिक अन्तरक्रियात्मक र अनुसन्धानात्मक क्षेत्रमा काम गरिरहेको एक्रेस एकेडेमिया संस्थाले शनिबार गरेको कार्यक्रममा फास्ट फेसनद्वारा वातावरणमा पारेको प्रभावका विषयमा समीक्षा गरिएको थियो । कार्यक्रममा संस्थाले गरेको सर्वेक्षण,उपभोक्ताहरुका बानी , वातावरणीय असरबारे सचेतनाको स्तर र दिगो फेसन विकल्पप्रतिको चासोका […]

झापा,,१३ माघ ।  कोशी प्रदेशमै  पहिलो पटक भव्यरुपमा  बिर्तामोड ५ अग्रसेन भवननजिक नवनिर्मित गायत्री माताको मन्दिरलाई जातीय सहिष्णुताको खुला धार्मिकस्थलको रुपमा  विकसित गरिने भएको छ । अढाई करोड रुपैयाँको लागतमा  बनेको  आकर्षक गायत्री माताको  त्यस मन्दिरलाई हरेक जातजाति , धर्म  र समुदायको  लागि साझा धरोहर बनाउने गरी  मन्दिर निर्माण  समितिले तयारी थालेको हो । त्यस गायत्री मन्दिरमा साझा रूपमा  सबैले पूजा–अर्चना र श्रद्धा गर्न पाउँछन् । हरेक […]

माघ ११, विराटनगर नेपालमा कुनकुन जात र कस्तो गुणस्तरको कफी उत्पादन भइरहेको छ । स्वदेशी उत्पादनको मूल्य कति पर्छ अनि त्यसको स्वाद कस्तो होला ? यसवारे जानकारी लिन र निशूल्क स्वाद चाख्न यसका पारखीले विराट एक्स्पो नै पुग्नु पर्ने हुन्छ । माघ ११ गतेदेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु हुने आठौ सस्करणको विराट एक्स्पोमा मुलुक […]