१२ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

अफवा फैलाएर बदनामी गरेकाे भन्दै मेट्रो न्युरो अस्पताल विराटनगरले जनायो आपत्ती

Logo
निरज बस्नेत प्रकाशित मंगलबार, मंसिर २६, २०८०

विराटनगर, मंसिर २६ । विराटनगर स्थित “मेट्रो न्युरो अस्पताल”ले आफ्नो संस्थाको बदनामी गरिएको भन्दै कारबाहीको माग गरेको छ । संस्थाको बदनामीमा सम्लग्नहरुलाई कारबाही हुनुपर्ने अडान अस्पतालले गरेको छ । “मरेको व्यक्ति जीवित भेटियो” भन्ने शीर्षकमा आएका समाचारहरुमा सत्यता नभएको जीकिर अस्पतालको छ ।
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर समाचारको खण्डन गरेको छ।

अस्पतालले गलत समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमका विरुद्ध न्यायलय जाने चेतावनी दिएका समेत दिएको छ । यद्यपी यो समाचार सामाजिक सन्जालमा भाइरलजस्तै भएको छ । समाचारका कारण आफुहरुले स्थापनाको केही समय नवित्दै समस्या भोग्नुपरेको भन्दै अस्पतालका कार्यकारी निर्देशक सन्तोष मेहताले दु:खेसो पोखे ।

मेहत्ताले सुनसरीको इनरुवा नगरपालिका–३ का प्रताप सदा मंसिर २३ गते शनिबार उपचारका लागि अस्पतालमा भर्ना भएको र मंसिर २४ गते आइतबार उपचार गर्न नसकेर जीवित व्यक्ति घर फर्केको बताए । सञ्चार माध्यमले विराटनगरको मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरेको सुनसरी इनरुवाका सदा जीवित भेटियो भन्ने शीर्षकमा समाचार प्रकाशन गरेर अस्पतालको छविलाई बदनाम गर्ने प्रयास गरेको उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]