०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

अफवा फैलाएर बदनामी गरेकाे भन्दै मेट्रो न्युरो अस्पताल विराटनगरले जनायो आपत्ती

Logo
निरज बस्नेत

विराटनगर, मंसिर २६ । विराटनगर स्थित “मेट्रो न्युरो अस्पताल”ले आफ्नो संस्थाको बदनामी गरिएको भन्दै कारबाहीको माग गरेको छ । संस्थाको बदनामीमा सम्लग्नहरुलाई कारबाही हुनुपर्ने अडान अस्पतालले गरेको छ । “मरेको व्यक्ति जीवित भेटियो” भन्ने शीर्षकमा आएका समाचारहरुमा सत्यता नभएको जीकिर अस्पतालको छ ।
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर समाचारको खण्डन गरेको छ।

अस्पतालले गलत समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमका विरुद्ध न्यायलय जाने चेतावनी दिएका समेत दिएको छ । यद्यपी यो समाचार सामाजिक सन्जालमा भाइरलजस्तै भएको छ । समाचारका कारण आफुहरुले स्थापनाको केही समय नवित्दै समस्या भोग्नुपरेको भन्दै अस्पतालका कार्यकारी निर्देशक सन्तोष मेहताले दु:खेसो पोखे ।

मेहत्ताले सुनसरीको इनरुवा नगरपालिका–३ का प्रताप सदा मंसिर २३ गते शनिबार उपचारका लागि अस्पतालमा भर्ना भएको र मंसिर २४ गते आइतबार उपचार गर्न नसकेर जीवित व्यक्ति घर फर्केको बताए । सञ्चार माध्यमले विराटनगरको मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरेको सुनसरी इनरुवाका सदा जीवित भेटियो भन्ने शीर्षकमा समाचार प्रकाशन गरेर अस्पतालको छविलाई बदनाम गर्ने प्रयास गरेको उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]