१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भद्रपुरमा विद्यार्थी र ज्येष्ठ नागरिकलाई न्यानो कपडा र विद्यालयलाई खेल सामग्री प्रदान

Logo
जनचर्चा संवाददाता

भद्रपुर, २७ मंसिर । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले आज विद्यार्थी र ज्येष्ठ नागरिकलाई न्यानो कपडा र विद्यालयलाई खेल सामग्री प्रदान गरेको छ ।

प्रतिष्ठानले झापा गाउँपालिका–२ सडकबारीस्थित जुडो प्राविका ३० जना छात्रछात्रालाई न्यानो कपडा (स्वीटर) र विद्यालयलाई खेल सामग्री वितरण गरेको हो । त्यस्तै, स्थानीय १५ जना ज्येष्ठ नागरिकलाई बर्को वितरण गरिएको संस्थाका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनुभयो । आफूहरुले समाजबाट धेरै कुरा प्राप्त गरेकाले समाजमा आफूले पनि केही योगदान गर्नुपर्छ भन्ने ध्येयका साथ न्यानो कपडा र खेल सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

जुडो प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्दबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवि थपलियाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अञ्जुदेवी थपलियाले ब्यानर वाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक गोपाल गणेशले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता कल्पना खड्काले गर्नुभएको थियो ।

प्रमुख अतिथि थपलिया, प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली लगायतले शुभकामन मन्तव्य राख्नुभएको कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष गंगा कोइराला, झापा जिल्ला जुडो संघका अध्यक्ष पृथ्वीविक्रम राई, वडाध्यक्ष हिमाल चम्लागाईं, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, प्रतिष्ठानका सचिव नारायणप्रसाद ओली, कोषाध्यक्ष यज्ञराज (गोपाल) ओली, संरक्षक सदस्य शारदा ओली, गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन ढकाल, भुपेन्द्रबहादुर कटुवाल, निलम माझी, टेकबहादुर कार्की, रामबहादुर खड्का, जगतबहादुर खड्का लगायतको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, प्रतिष्ठानका पदाधिकारी लगायतले न्यानो कपडा र खेल सामग्री वितरण गर्नुभएको थियो । बढ्दो जाडोका समयमा न्यानो कपडा पाएपछि विद्यार्थी र ज्येष्ठ नागरिकले खुसी व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]