०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

लागु औषध सहित ५ जना पक्राउ

Logo
जनचर्चा संवाददाता

बिराटनगर, मंसिर २९ गते झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो झापाको दमकनगरपालिका–७ पशुहाट स्थितमा को १ ह ९७४५ नम्बरको अटोलाई शंकालागि चेकजाँच गर्दा अटो चालक जिल्ला झापा दमक नगरपालिका–१ बस्ने ३५ बर्षीय प्रकाश श्रेष्ठ, अटोमा सवार २३ वर्षीय अर्जुन लिम्बु र निजकै श्रीमती २७ वर्षीया मनिसा लिम्बु समेतलाई खानतलाशी गरी अटोको डिक्कीमाचेकजाँच गर्दा ५१ ग्राम ब्राउनसुगर सहित उनिहरुलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो ।

यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका–७ हाडेबासस्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीटोलीले चेकजाँचको क्रममा रौतामाई गाउँपालिका–४ मालवासेका ५५ बर्षीय मोटे रोका र २३ बर्षीय नेत्र परियारको साथबाट १६ केजि ३३० ग्राम लागुऔषध गाँजा बरामद गरी निजहरुलाई पक्राउ गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]