१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

लागु औषध सहित ५ जना पक्राउ

Logo
जनचर्चा संवाददाता

बिराटनगर, मंसिर २९ गते झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो झापाको दमकनगरपालिका–७ पशुहाट स्थितमा को १ ह ९७४५ नम्बरको अटोलाई शंकालागि चेकजाँच गर्दा अटो चालक जिल्ला झापा दमक नगरपालिका–१ बस्ने ३५ बर्षीय प्रकाश श्रेष्ठ, अटोमा सवार २३ वर्षीय अर्जुन लिम्बु र निजकै श्रीमती २७ वर्षीया मनिसा लिम्बु समेतलाई खानतलाशी गरी अटोको डिक्कीमाचेकजाँच गर्दा ५१ ग्राम ब्राउनसुगर सहित उनिहरुलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो ।

यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका–७ हाडेबासस्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीटोलीले चेकजाँचको क्रममा रौतामाई गाउँपालिका–४ मालवासेका ५५ बर्षीय मोटे रोका र २३ बर्षीय नेत्र परियारको साथबाट १६ केजि ३३० ग्राम लागुऔषध गाँजा बरामद गरी निजहरुलाई पक्राउ गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]