१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

इडेनकाे वार्षिक उत्सव तस्वीरमा

विराटनगरकाे इडेन नेशनल बोर्डिङ स्कुलले सोमबार आफ्नाे ३२ औँ स्थापना दिवस मनाएकाे छ
Logo
संवाददाता जनचर्चा

विराटनगर, पुष ६
विराटनगर -३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कुलले आफ्नो ३२ औँ स्थापना दिवस मनाएको छ । सोमबार बोर्डिङले विभिन्न सास्कृतिक तथा आन्तरिक व्यवस्थापन कार्यक्रम गर्दै ३२ औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा नर्सरि देखी कक्षा १० सम्मका विद्यार्थीहरुले नृत्य ,गायन तथा अभिप्रेरितमुलक कार्यक्रमको प्रस्तुती गरेका छन् ।

कार्यक्रममा वोल्दै विद्यालयका संस्थापक अध्यक्ष तुलसी पोखरेलले इडेन नेशनल स्कुलले दक्ष र योग्य जनशक्ति उत्पादनमा जोड दिइरहेको वताए । उनले स्कुल स्थापनाको यो अवस्था सम्म आइपुग्नुको देन अभिभावक, कर्मचारी र शिक्षकहरुको रहेको भन्दै खुसी व्यक्त गरे । भावी समयमा पनि स्कुललाई उत्कृष्ठ वाटोमा हिडाउने भन्दै सवैको साथ सहयोगको आवश्यकता रहेको बताए । स्कुलमा झण्डै ७ सय विद्यार्थी अध्ययनरत छन् । विराटनगरको उत्तरी क्षेत्रमा रहेर उत्कृष्ट शिक्षा प्रदान गरिरहेको यो विद्यालयमा विद्यार्थी तथा अभिभावकहरुको आकर्षण वढेको देखिन्छ ।

यस्तै स्कुलका प्रिन्सिपल तारा श्रेष्ठले शेक्षिक गुणस्तरमा कुनै कन्जुस्याई नगरिएको वताए । अतिरिक्त क्रियाकलाप संगै शैक्षिक सिकाइमा विद्यार्थिहरु अब्बल रहुन भनेर काम गरिरहेको बताए । कार्यक्रममा स्कुलका संस्थापक सदस्य घनश्याम पोखरेल, भाइस प्रिन्सिपल विद्याकान्त दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]