३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

रुफटप हेलीप्याड सहितकाे आर.आर. इन्टरनेसनल हस्पिटल शिलान्यास

Logo
निरज बस्नेत प्रकाशित बिहिबार, पुष ०५, २०८०

विराटनगर, पुष ५ । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवम् विराटनगरका उद्योगी राजेन्द्र राउतले अस्पताल संचालन गर्ने भएका छन् ।मोरङको बुढीगंगा गाउँपालिका १ मा निर्माण हुने २०० शय्याको मल्टीस्पेसियालिटी अस्पतालको बुधबार शिलान्यास गरिएको छ । १८ कट्ठा जमिनमा २५० करोडको लागतमा आर.आर. इन्टरनेसनल हस्पिटल निर्माण गरिने राउतले जानकारी दिए ।

बुधबार शिलान्यास कार्यक्रम संगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै राउतले आसपासमा भएका अन्य अस्पताल संग गुणस्तरमा प्रतिस्पर्धा गर्ने बताए । यसो हुदा सेवाग्राहीपनि लाभान्वित हुने उनको तर्क छ । २४ महिनाभित्र निर्माण कार्य सम्पन्न गरेर अस्पतालको शुभारम्भ गरिने राउतले जानकारी दिए । २०० सय वेडको ‘अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखेर २४ सै घण्टा कार्डियाक इमर्जेन्सी र क्याथ ल्याब सेवा ,मधुमेह र ग्यास्ट्रो इन्ट्रोलोजीका लागि छुट्टै रिसर्च सेन्टर बनाइने बताए ।

स्वास्थ्य क्षेत्रका बहुलक्षित योजनाका साथ हस्पिटल स्थापना हुने विश्वास राउतले लिएका छन् । हस्पिटल बारे जानकारी दिन गरिएको कार्यक्रममा राउत परिवारका सदस्यहरु सहभागी भएका थिए । राजेन्द्र राउतका जेठा छोरा एवम् आर.आर.इन्टरनेशनल अस्पतालका निर्देशक प्रतिक राउतले हस्पिटल शुरु भए संगै जटिल स्वास्थ्य सेवाका निम्ति विदेश तथा राजधानीका अस्पताल धाउनुपर्ने बाद्यता हट्ने दावी गरेका छन्। साे अस्पतालमा रुफटम हेलीप्याडकाे समेत निर्माण गरिने भएकाे छ ।

पत्रकार सम्मेलनमा श्रीमती सीमा राउत र प्रत्यूष राउतको सहभागिता रहेको थियो । सिमेन्ट, जुत्ताचप्पल, खानीलगायत दर्जनौ उद्योग संचालन गर्दै आएका राउतले सेवा क्षेत्रमा हात हाल्दै अस्पताल संचालनको तयारीमा जुटेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]