१४ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

रुफटप हेलीप्याड सहितकाे आर.आर. इन्टरनेसनल हस्पिटल शिलान्यास

Logo
निरज बस्नेत

विराटनगर, पुष ५ । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवम् विराटनगरका उद्योगी राजेन्द्र राउतले अस्पताल संचालन गर्ने भएका छन् ।मोरङको बुढीगंगा गाउँपालिका १ मा निर्माण हुने २०० शय्याको मल्टीस्पेसियालिटी अस्पतालको बुधबार शिलान्यास गरिएको छ । १८ कट्ठा जमिनमा २५० करोडको लागतमा आर.आर. इन्टरनेसनल हस्पिटल निर्माण गरिने राउतले जानकारी दिए ।

बुधबार शिलान्यास कार्यक्रम संगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै राउतले आसपासमा भएका अन्य अस्पताल संग गुणस्तरमा प्रतिस्पर्धा गर्ने बताए । यसो हुदा सेवाग्राहीपनि लाभान्वित हुने उनको तर्क छ । २४ महिनाभित्र निर्माण कार्य सम्पन्न गरेर अस्पतालको शुभारम्भ गरिने राउतले जानकारी दिए । २०० सय वेडको ‘अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखेर २४ सै घण्टा कार्डियाक इमर्जेन्सी र क्याथ ल्याब सेवा ,मधुमेह र ग्यास्ट्रो इन्ट्रोलोजीका लागि छुट्टै रिसर्च सेन्टर बनाइने बताए ।

स्वास्थ्य क्षेत्रका बहुलक्षित योजनाका साथ हस्पिटल स्थापना हुने विश्वास राउतले लिएका छन् । हस्पिटल बारे जानकारी दिन गरिएको कार्यक्रममा राउत परिवारका सदस्यहरु सहभागी भएका थिए । राजेन्द्र राउतका जेठा छोरा एवम् आर.आर.इन्टरनेशनल अस्पतालका निर्देशक प्रतिक राउतले हस्पिटल शुरु भए संगै जटिल स्वास्थ्य सेवाका निम्ति विदेश तथा राजधानीका अस्पताल धाउनुपर्ने बाद्यता हट्ने दावी गरेका छन्। साे अस्पतालमा रुफटम हेलीप्याडकाे समेत निर्माण गरिने भएकाे छ ।

पत्रकार सम्मेलनमा श्रीमती सीमा राउत र प्रत्यूष राउतको सहभागिता रहेको थियो । सिमेन्ट, जुत्ताचप्पल, खानीलगायत दर्जनौ उद्योग संचालन गर्दै आएका राउतले सेवा क्षेत्रमा हात हाल्दै अस्पताल संचालनको तयारीमा जुटेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]