२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

झुपडी हेरेर निर्णय गर भन्ने बीपीकाे आदेश पालना गरेर बजेटकाे प्रतिस्थापन विधेयक ल्याएकाे छु : मुख्यमन्त्री कार्की

गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता र संघीयता माथि प्रहार भइरहेकाे छ : शेखर काेइराला
Logo
संवाददाता जनचर्चा प्रकाशित बिहिबार, पुष ०५, २०८०

विराटनगर, पुष ५ । मुख्यमन्त्री केदार कार्कीले लाेकतन्त्र र कांग्रेसमा परिवारकाे हाेइन, अब गाउँवासीका कुरा सुन्ने र कार्यकर्ताकाे नेतृत्व गर्नेलाई नेता मान्ने अवस्था आएकाे बताएका छन् । नेपाली कांग्रेस सुनसरीले बिहीबार इनरूवामा आयाेजना गरेकाे कार्यक्रममा कार्कीले साे कुरा बताएका हुन् ।
´झुपडी हेरेर निर्णय गर भन्ने बीपीकाे आदेश पालना गरेर प्रदेशमा बजेटकाे प्रतिस्थापन विधेयक ल्याएकाे छु,` उनले भने, ´अब अस्पतालमा कसैले छाेराछाेरीकाे उपचारका लागि ऋण खाेज्न जानुपर्दैन ।१० वर्षमुनीका प्रदेशभरिका बालबालिकाकाे निःशुल्क उपचारकाे बजेटमा व्यवस्था गरेकाे छु ।` सत्तामा मैमत्ता लाग्ने आराेप युवाले मेट्नुका साथै संयम र सबै पुस्ताकाे नेतृत्व गर्ने नेता देशलाई आवश्यक भएकाे कार्कीले बताए ।

 

साेही कार्यक्रममा बाेल्दै प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर काेइरालाले देश कमजाेर बनाउन देशीविदेशी शक्ति लागेकाे बताए । कांग्रेस मात्रै लाेकतान्त्रिक र संविधानुसार चल्ने पार्टी भएकाले अहिले चाैतर्फी प्रहार भइरहेकाे समेत उनले बताएका छन् । ´देश र कांग्रेसलाई कमजाेर बनाउन देशीविदेशी शक्तिहरू लागेकाे छ त्यसैले कमजाेर हुन दिनुहुँदैन,` उनले भने, ´कांग्रेस कमजाेर भयाे भने लाेकतन्त्र छिन्नभिन्न हुन्छ ।`

मुलुकमा अहिले गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता र संघीयता माथि प्रहार भइरहेकाे काेइरालाले बताए । ´नेतृत्व कमजाेर भइसकेकाले जनताकाे निरासा र आक्राेशले गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता र संघीयतामाथि प्रहार भइरहेकाे हाे` उनले भने, ´त्यसमा पनि मन्त्रीहरूकाे अराजकताले यी सब भइरहेकाे छ ।`

देशमा सुशासन दिन नसक्ने, भ्रष्टाचार र दण्डहिनता राेक्न नसक्ने सरकार भएपछि सर्वसाधारण निरास भएकाे काेइरालाले बताएका छन् । ´देशकाे अर्थतन्त्र धरापमा छ, ऋण लिएर कर्मचारी, सांसदले तलव खाइरहेका छन्,` उनले भने, ´हमास र इजराइलकाे द्वन्द्व साम्य नभए वैदेशिक राेजगार गुमेपछि अर्थतन्त्र धरापमा पर्छ ।`

उनले बैंकहरूले किसानलाई ऋण दिँदैन तर उद्याेगीलाई आदर पूर्वक दिने गरेकाले किसानकाे अवस्था वेहाल भएकाे बताएका हुन् । ´उखुकाे भुक्तानी पाउँदैन किसानले, देशमा रहेकाे ३५ वटा चिनी मिल बन्द भएर ९ वटा मात्रै चलेकाे छ ।` मुलुकमा नेतासँगै कर्मचारी र व्यापारी त्यतिकै भ्रष्ट रहेकाे र यी सब ठीक नभएसम्म देशकाे अवस्था नसुध्रिने काेइरालाकाे भनाइ छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]