०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

जिपी फाउण्डेशनका पुर्वअध्यक्षद्धय शिवाकाेटी र निराैला सहित चार सम्मानित

गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट कौशल निरौला सहित चारजना सम्मानित
Logo
संवाददाता जनचर्चा

विराटनगर, पुष ६। गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आफ्ना पूर्व अध्यक्ष सहित विभिन्न ४ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ । फाउण्डेशन कोशी प्रदेशले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै “गिरिजाप्रसाद कोइराला विशेष सम्मान” बाट फाउण्डेशन कोशी प्रदेशका पूर्व अध्यक्ष शैलेन्द्र शिवाकोटी र फाउण्डेशन मोरङका संस्थापक पूर्व अध्यक्ष कौशल निरौलालाई सम्मान गरेको हो । शिवाकोटी अर्थशास्त्री हुन् भने निरौला पत्रकारिता क्षेत्रमा आवद्ध छन् ।

“क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला “नामक पुस्तकका लेखक मेदनीप्रसाद सेढाइ, र विराटनगर स्थित पारस हस्पिटलका अध्यक्ष शफिउर रहमानलाई समेत फाउण्डेशनले सम्मान गरेको छ । सेढाइद्वारा लिखित क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला नामक पुस्तक शुक्रबार विमोचन समेत गरिएको छ । विराटनगर महानगरका मेयर नागेश कोइरालाले पुस्तक विमोचन गर्नका साथै सम्मानित व्यक्तिहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर शुभकामना प्रदान गरेका थिए । यस्तै कार्यक्रममा बोल्दै कोइरालाले फाउण्डेशनको स्थापना कालमा संस्थापकहरुले दिएको योगदानलाई स्मरण गर्दै गरिएको सम्मान आफैमा प्रशंसनीय रहेको बताए । उनले आगामी दिनहरुमा बर्तमान कार्यसमितिले अझ उदाहरणीय कार्य गर्न सक्ने भन्दै त्यतातर्फ अगाडि बढ्न पनि सुझाए । उनले क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला नामक पुस्तक आगामी पुस्ताका लागि गहकिलो दस्तावेज ठहरिने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रा.डा. टुनराज भट्टराई ,कोशी प्रदेशका पूर्व कानूनमन्त्री लिलाबल्लभ अधिकारीले पुस्तकमाथी टिप्पणी गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]