०३ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
Gold Silver Price (27 ASAR 2082, FRI)
Fine Gold 1 Tola NRs. 192300
Silver 1 Tola Nrs. 2235

जिपी फाउण्डेशनका पुर्वअध्यक्षद्धय शिवाकाेटी र निराैला सहित चार सम्मानित

गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट कौशल निरौला सहित चारजना सम्मानित
Logo
संवाददाता जनचर्चा प्रकाशित शुक्रबार, पुष ०६, २०८०

विराटनगर, पुष ६। गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आफ्ना पूर्व अध्यक्ष सहित विभिन्न ४ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ । फाउण्डेशन कोशी प्रदेशले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै “गिरिजाप्रसाद कोइराला विशेष सम्मान” बाट फाउण्डेशन कोशी प्रदेशका पूर्व अध्यक्ष शैलेन्द्र शिवाकोटी र फाउण्डेशन मोरङका संस्थापक पूर्व अध्यक्ष कौशल निरौलालाई सम्मान गरेको हो । शिवाकोटी अर्थशास्त्री हुन् भने निरौला पत्रकारिता क्षेत्रमा आवद्ध छन् ।

“क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला “नामक पुस्तकका लेखक मेदनीप्रसाद सेढाइ, र विराटनगर स्थित पारस हस्पिटलका अध्यक्ष शफिउर रहमानलाई समेत फाउण्डेशनले सम्मान गरेको छ । सेढाइद्वारा लिखित क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला नामक पुस्तक शुक्रबार विमोचन समेत गरिएको छ । विराटनगर महानगरका मेयर नागेश कोइरालाले पुस्तक विमोचन गर्नका साथै सम्मानित व्यक्तिहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर शुभकामना प्रदान गरेका थिए । यस्तै कार्यक्रममा बोल्दै कोइरालाले फाउण्डेशनको स्थापना कालमा संस्थापकहरुले दिएको योगदानलाई स्मरण गर्दै गरिएको सम्मान आफैमा प्रशंसनीय रहेको बताए । उनले आगामी दिनहरुमा बर्तमान कार्यसमितिले अझ उदाहरणीय कार्य गर्न सक्ने भन्दै त्यतातर्फ अगाडि बढ्न पनि सुझाए । उनले क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला नामक पुस्तक आगामी पुस्ताका लागि गहकिलो दस्तावेज ठहरिने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रा.डा. टुनराज भट्टराई ,कोशी प्रदेशका पूर्व कानूनमन्त्री लिलाबल्लभ अधिकारीले पुस्तकमाथी टिप्पणी गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२९ असार । पतंजली महानगर योग समिति विराटनगरले नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान गरेको छ । महिला पतंजली योग महानगर समिति तथा पतंजली योग समिति मोरङको समन्वयनमा विराटनगर ४ दयालु राधाकृष्ण धर्मशालामा कार्यक्रम भएको हो । २५ जना भन्दा नयाँ योग साधक,साधिकाहरुलाई प्रमाणपत्र र परिचय प्रदान गरिएको महानगर योगसमिति संयोजक शिल्पा प्याकुरेलले जानकारी दिइन् […]

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ। निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मुख्य छुट व्यवस्थाहरू […]

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]