२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

झापामा रुद्र गौरी श्रीअम्बिका ओली प्रतिष्ठानद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Logo
संवाददाता जनचर्चा

भद्रपुर, ८ पुस । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले कनकाई माविमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
आज एक कार्यक्रमका बीच प्रतिष्ठानले कनकाई–३ स्थित कनकाई माविमा कक्षा–१ देखि ८ कक्षासम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा ५० जना विद्यार्थीलाई जुत्ता, मोजा र स्वीटर वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि, जनप्रतिनिधि एवम् दाता संस्थाका प्रतिनिधि लगायतले बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख शिवाकोटी, विशिष्ठ अतिथि कमलप्रसाद पोखरेल, कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईं, आमा समूह अध्यक्ष सरिता चिमरिया लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै प्रतिष्ठानले गरेको कार्य उदाहरणीय र प्रशंसनीय भएको उल्लेख गर्नुभयो । वक्ताहरुले यस प्रकारको कामले विपन्न बालबालिकालाई शिक्षा आर्जनमा मद्दत पुग्नुका साथै समाज रुपान्तरणमा मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा दिलीपकुमार खतिवडा, गोपीकृष्ण भट्टराई, चन्द्रप्रसाद शिवाकोटी, खेमराज भट्टराई, प्रतिष्ठानकी संस्थापक सदस्य शारदादेवी ओली, उर्मिला ओली, सदस्य निमेश ओली लगायतको उपस्थिति रहेको थियो ।

यसअघि प्रतिष्ठानले झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका दुई वटा विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री एवम् न्यानो कपडा वितरण गरिसकेको प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओलीले जानकारी दिनुभयो ।

शिक्षा र सामाजिक क्षेत्रमा धेरै योगदान दिनुभएका रुद्र ओलीको पदचापलाई पछ्याउँँदै सामाजिक कार्य गर्ने उद्देश्यले २०६७ सालमा स्थापना गरिएको प्रतिष्ठानमार्फत् एक करोड रुपैयाँको कोष खडा गरेर वार्षिक रुपमा सामाजिक काम गरिँदै आएको प्रतिष्ठानका सचिव नारायण ओलीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]

विराटनगर, २५ फागुन । प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र नेपाली कम्प्युनिष्ट पार्टी ३– ३ प्रदेशमा नील भएको छ । नेकपा एमाले, मधेस, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ भने नेकपा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा नील भएको छ। सात प्रदेशमा रास्वपा ६ प्रदेशमा भारी सिटका सात पहिलो भएको छ। कोशी प्रदेशको २८ सिट […]

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]