११ कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

झापामा रुद्र गौरी श्रीअम्बिका ओली प्रतिष्ठानद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Logo
संवाददाता जनचर्चा प्रकाशित आइतबार, पुष ०८, २०८०

भद्रपुर, ८ पुस । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले कनकाई माविमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
आज एक कार्यक्रमका बीच प्रतिष्ठानले कनकाई–३ स्थित कनकाई माविमा कक्षा–१ देखि ८ कक्षासम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा ५० जना विद्यार्थीलाई जुत्ता, मोजा र स्वीटर वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि, जनप्रतिनिधि एवम् दाता संस्थाका प्रतिनिधि लगायतले बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख शिवाकोटी, विशिष्ठ अतिथि कमलप्रसाद पोखरेल, कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईं, आमा समूह अध्यक्ष सरिता चिमरिया लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै प्रतिष्ठानले गरेको कार्य उदाहरणीय र प्रशंसनीय भएको उल्लेख गर्नुभयो । वक्ताहरुले यस प्रकारको कामले विपन्न बालबालिकालाई शिक्षा आर्जनमा मद्दत पुग्नुका साथै समाज रुपान्तरणमा मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा दिलीपकुमार खतिवडा, गोपीकृष्ण भट्टराई, चन्द्रप्रसाद शिवाकोटी, खेमराज भट्टराई, प्रतिष्ठानकी संस्थापक सदस्य शारदादेवी ओली, उर्मिला ओली, सदस्य निमेश ओली लगायतको उपस्थिति रहेको थियो ।

यसअघि प्रतिष्ठानले झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका दुई वटा विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री एवम् न्यानो कपडा वितरण गरिसकेको प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओलीले जानकारी दिनुभयो ।

शिक्षा र सामाजिक क्षेत्रमा धेरै योगदान दिनुभएका रुद्र ओलीको पदचापलाई पछ्याउँँदै सामाजिक कार्य गर्ने उद्देश्यले २०६७ सालमा स्थापना गरिएको प्रतिष्ठानमार्फत् एक करोड रुपैयाँको कोष खडा गरेर वार्षिक रुपमा सामाजिक काम गरिँदै आएको प्रतिष्ठानका सचिव नारायण ओलीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]