११ कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

विराटनगरको बुढानीलकण्ठ स्कुलले मनायो क्रिसमस ईभ

Logo
निरज बस्नेत प्रकाशित आइतबार, पुष ०८, २०८०

विराटनगर, पुष ८
बिराटनगर – २ स्थित बुढानीलकण्ठ सकेण्डरी ईग्लिस स्कुलले क्रिसमस डे को पुर्वसंध्यामा आईतबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीहरुबिच विभिन्न धर्म विशेष कार्यक्रमहरु मनाउदै आएको सो स्कुलले आईतबार क्रिसमस ईभ मनाएको बताएको छ ।

कार्यक्रमको सुरुवातमा स्कुलका साना कक्षामा अध्यायनरत विद्यार्थीहरुले संगीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमकै क्रममा कक्षा तीन र सातका छात्र छात्राहरुले छुट्टा छुट्टै गीतमा सामुहिकमा नृत्य प्रश्तुत गरेका थिए । विद्यार्थीहरुले सेन्टाक्लसको पोसाक पहिरिएर स्कुल प्राङ्गणको अग्रपंत्तिमा शोभा समेत बढाएका थिए ।
कार्यक्रमलाई छोटो समयमै राम्रो र सफल बनाउन सहयोग पु¥याउने नृत्य प्रशिक्षक तथा सम्पूर्ण शिक्षक – शिक्षिकाहरुलाई स्कुलका प्रिन्सिपल मणी राज भट्टराईले धन्यावाद ब्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]