१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरको बुढानीलकण्ठ स्कुलले मनायो क्रिसमस ईभ

Logo
निरज बस्नेत

विराटनगर, पुष ८
बिराटनगर – २ स्थित बुढानीलकण्ठ सकेण्डरी ईग्लिस स्कुलले क्रिसमस डे को पुर्वसंध्यामा आईतबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीहरुबिच विभिन्न धर्म विशेष कार्यक्रमहरु मनाउदै आएको सो स्कुलले आईतबार क्रिसमस ईभ मनाएको बताएको छ ।

कार्यक्रमको सुरुवातमा स्कुलका साना कक्षामा अध्यायनरत विद्यार्थीहरुले संगीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमकै क्रममा कक्षा तीन र सातका छात्र छात्राहरुले छुट्टा छुट्टै गीतमा सामुहिकमा नृत्य प्रश्तुत गरेका थिए । विद्यार्थीहरुले सेन्टाक्लसको पोसाक पहिरिएर स्कुल प्राङ्गणको अग्रपंत्तिमा शोभा समेत बढाएका थिए ।
कार्यक्रमलाई छोटो समयमै राम्रो र सफल बनाउन सहयोग पु¥याउने नृत्य प्रशिक्षक तथा सम्पूर्ण शिक्षक – शिक्षिकाहरुलाई स्कुलका प्रिन्सिपल मणी राज भट्टराईले धन्यावाद ब्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]