२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

प्रदेशलाई बलियो बनाउन पत्रकारकाे भूमिका अपरिहार्य : मुख्यमन्त्री कार्की

Logo
संवाददाता जनचर्चा

विराटनगर,‌ पुष ११

। काेशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारकाे भूमिका अपरिहार्य रहेकाे बताएका छन् ।

मुख्यमन्त्री निवासमा भेटघाटका लागि पुगेका नेपाल पत्रकार महासंघ काेशी प्रदेश कार्य समितिसँगकाे छलफलमा साेमबार मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रदेशभरिका पत्रकार महासंघकाे भाैतिक संरचना विकासमा याेगदान गरिरहेकाेले पत्रकार महासंघलाई पनि प्रदेशकाे अधिकार प्राप्तीका लागि बहस चलाउन आग्रह गरेका हुन् ।

´प्रदेश सरकारलाई कानून बनाएर अधिकार हस्तान्तरण नगरिरहेकाे र कानून, नियम बनिसकेकाे प्रहरी समायाेजन नगर्ने सरकार र संघीय सांसदलाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक छ, उनले भने, ´प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानून नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उडाउने सांसद माथि सञ्चारकर्मीले किन प्रश्न उठाइरहेकाे छैन ?

प्रदेशलाई संस्थागत गर्न, संविधान कार्यान्वयकाे, संसदमा संविधान कार्यान्वयनकाे बारेमा आवाज उठ्याे कि उठेन त्यस बारेमा पत्रकार महासंघले बहस गर्नुपर्ने मुख्यमन्त्री कार्कीकाे भनाइ थियाे । ´पत्रकार महासंघ इन्स्टिच्यूट हाे । सरकारलाई याे राम्राे र याे नराम्राे पत्रकार महासंघले भन्नुपर्छ । खबरदारी गर्नुपर्छ,` उनले भने, ´पत्रकार र पत्रकार महासंघ सरकारकाे अंग नै भएकाले सरकारकाे कामकाज प्रभावकारी बनाउन भूमिका निर्पाह गर्नु आवश्यक छ ।` पत्रकारले प्रदेश सरकारले गरेका राम्राे कामकाे प्रचार र कमीकमजाेरीप्रति खबरदारी गर्ने दायित्वबाट पञ्छिन नमिल्ने मुख्यमन्त्री कार्कीकाे भनाइ थियाे ।

´प्रदेश सरकार पत्रकारकाे हक अधिकारकाै संरक्षणका साथै वृति विकासमा सदैव तत्पर रहन्छ त्यसैले ढुक्क भएर निष्पक्ष रूपमा कलम चलाेस्`, उनले भने, ´प्रदेश सरकारले चालू प्रदेशसभाकाे अधिवेशनमा नै सञ्चार ऐन ल्याएर पारित गराउँछ ।`

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]