११ कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

प्रतिष्ठानद्वारा चन्द्रगढीका विद्यार्थीलाई न्यानो कपडा

Logo
निरज बस्नेत प्रकाशित बिहिबार, पुष १२, २०८०

भद्रपुर, १२ पुस । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले वीरेन्द्र मावि चन्द्रगढीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

प्रतिष्ठानले आज यहाँका कक्षा–१ देखि ८ सम्मका ५० जना विद्यार्थीलाई स्वीटर, मोजा र जुत्ता वितरण गरेको हो । जाडोको मौसममा न्यानो कपडा पाएपछि विद्यार्थीहरु खुसी भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, विशेष अतिथि उपप्रमुख राधा कार्की, वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, ओली वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओली, जिल्ला अध्यक्ष भवानी ओली लगायतका अतिथि विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक खिलराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक गिरीधर शर्मा कट्टेलले गर्नुभएको थियो भने सञ्चालन शिक्षक गणेशबहादुर गिरीले गर्नुभएको थियो । प्रअ कोइरालाले विद्यार्थीलाई प्रतिष्ठानले न्यानो कपडा वितरण गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले सामाजिक कार्य अन्तरगत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको बताउनुभयो । उहाँले हरेक व्यक्तिले समाज रुपान्तरणका लागि आफूले सकेको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानकी संस्थापक सदस्य शारदादेवी ओली, ओली वंश प्रतिष्ठानका सचिव राजेन्द्र ओली, कोषाध्यक्ष यादवकुमार ओली, प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओली, सदस्य अनिरुद्र ओली, जुडो प्रशिक्षक गंगा खड्का लगायतको उपस्थिति रहेको थियो ।

यसअघि प्रतिष्ठानले झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिका तीन वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री एवम् न्यानो कपडा वितरण गरिसकेको प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओलीले जानकारी दिनुभयो ।

शिक्षा र सामाजिक क्षेत्रमा धेरै योगदान दिनुभएका रुद्र ओलीको पदचापलाई पछ्याउँँदै सामाजिक कार्य गर्ने उद्देश्यले २०६७ सालमा स्थापना गरिएको प्रतिष्ठानमार्फत् एक करोड रुपैयाँको कोष खडा गरेर वार्षिक रुपमा सामाजिक काम गरिँदै आएको प्रतिष्ठानका सचिव नारायण ओलीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]