१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

मधेस लोकतन्त्रको हकदार हो, नेताको बफादार होइन : मुख्यमन्त्री कार्की

Logo
संवाददाता जनचर्चा प्रकाशित शुक्रबार, पुष १३, २०८०

बारा, पुष १३ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मधेस लोकतन्त्रको हकदार रहेको बताएका छन् । मधेस प्रदेश यात्रामा रहेका मुख्यमन्त्री कार्कीले सप्तरीदेखि पर्सा जिल्लासम्ममा भेटेका स्थानीयवासी, राजनीतिक नेतृत्व, शुभचिन्तक, समर्थक लगायतका व्यक्तिसँगकाे भेटघाटमा संघीय लोकतान्त्रिक गणतन्त्र मधेसको पूँजी रहेको उल्लेख गरेका हुन् ।

उनले युवा पुस्ताको विचारलाई स्थापित गराउनु आफूहरू सबैको दायित्व भएकाे बताएका छन् । ‘ हामी नेताको बफादार भयौँ तर हाम्रो पालोमा कोही भएन त्यसैले अब हाम्रो विचारको पुस्तालाई स्थापित गराउनु हामी सबैको दायित्व हो ।’ उनले भने, ´लाइक र कमेन्टका लागि पार्टी बैठकमा हस्ताक्षर गर्ने तर बैठकबाट बाहिर आएर नाेट अफ डिसेन्ट लेखेकाे भ्रम फैलाउने आफैले आफैलाई युवा नेताकाे उपाधी धारण गर्नेहरूबाट सचेत रहनु आवश्यक छ ।`

मधेस प्रदेशका अधिकांश जिल्लावासी शिक्षा, स्वास्थ्य उपचार, सुरक्षित बसोबासका लागि कोशी प्रदेशमा समेत रहेकाले उनीहरूलाई जस्तोसुकै अप्ठ्यारोमा साथ र सहयोग गर्ने प्रतिबद्धता लमुख्उमन्त्री कार्कीले जनाएका छन् ।

प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रदेशको अैाचित्य सिद्ध गर्न संविधानको पूर्ण कार्यान्वयनका लागि समन्वय र सङ्घर्ष सुरु गरेको उल्लेख गर्दै कार्यकर्तामाझ पार्टी बैठकको निर्णयमा भित्र हस्ताक्षर गरेर बाहिर नोट अफ डिसेन्ट लेखेको भनेर झुटको खेती गर्नेको पछाडि नलाग्न आग्रह गरे । उनले भने, ‘पार्टीलाई कमजोर हुन नदिनका लागि नै कारबाहीको डर नराखी पार्टीमा संविधान अनुसार विद्रोह गरेर मुख्यमन्त्री भएकाे हाे । संविधानको पूर्ण कार्यान्वयनका लागि समन्वय र सङ्घर्ष सुरु गरिएको छ ।’
जसका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरुले वाग्मती प्रदेशको राजधानी हेटौँडामा सङ्घीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि दबाबमूलक माग गर्दै छन् । शुक्रवारसम्म चल्ने कार्यक्रममा मुख्यमन्त्रीहरुले यसअघिका निर्णय कार्यान्वयनका साथै अहिलेसम्म भएका कामको समीक्षा गर्दै थप तदारुकताका लागि दबाब दिने कार्यसूची तय गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,१२ बैशाख। अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी […]

झापा,११ वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका […]

विराटनगर, वैशाख १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने निर्देशन जारी गरेपछि उद्योगी तथा व्यापारीहरू कारबाहीमा पर्न थालेका छन्। २० चैत २०८१ यता  विभागले गरेका अनुगमन र कारबाहीबाट उद्योगी–व्यवसायी एमआरपी लेबल राख्न बाध्य भएका छन् । विभागले गएको चैत […]