३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

सुन चाँदी व्यवसायी संघ विराटनगरकाे अध्यक्षमा पुन: शशिभुषण शाह

कमलेश अग्रवाल र दिनेश शाह :उपाध्यक्ष, कमलेश अग्रवाल: महासचिव, विनोद शाह : कोषाध्यक्ष, प्रकाश मैनाली : सचिव, मुकेश सोनी : सहसचिव,विजय राठी, राजिव शाह, ललित बेगवानी, आलोक राठी, दिपेन्द्र स्वर्णकार, तरुण अग्रवाल र सुनिल सोनी : कार्यसमिति सदस्य
Logo
निरज बस्नेत

विराटनगर, पुष १५ । नेपाल सुन चाँदी व्यवसायी संघ विराटनगरको अध्यक्षमा पुन: शशिभुषण शाह निर्वाचित भएका छन् । शनिबार विराटनगरमा सम्पन्न १७औं साधारण सभाले सर्वसम्मत रुपमा शाहलाई अध्यक्ष पदको जिम्मेवारी दिएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मानिक रत्न शाक्य प्रमुख अथिती र माेरङ्ग प्रहरी प्रमुख उपरिक्षक दिपक पाेखरेल विशिष्ट अतिथिकाे रुपमा उपस्थित भएका थिए ।

त्यसैगरी अधिवेशनले आभुषण ज्वेलर्सका कमलेश अग्रवाल र दिनेश शाहलाई उपाध्यक्ष पदको जिम्मेवारी दिइएको छ । शुभम् ज्वेलर्सका कमलेश अग्रवालले दोस्रो कार्यकालका लागि महासचिव पदको पाएका छन् ।

यसअघि ११ सदस्यीय पदाधिकारीसँगै कार्यसमिति रहेको संघमा अब १७ सदस्य कार्यसमिति र ७ सदस्यीय सल्लाहकार समिति रहने साधारण सभाले व्यवस्था समेत गरेको छ । त्यसैगरी विनोद शाह कोषाध्यक्ष, प्रकाश मैनाली सचिव र मुकेश सोनी सहसचिवमा निर्वाचित भएका छन् । 

विजय राठी, राजिव शाह, ललित बेगवानी, आलोक राठी, दिपेन्द्र स्वर्णकार, तरुण अग्रवाल र सुनिल सोनीलाई कार्यसमितिमा सदस्यका जिम्मेवारी पाएका छन् । 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]