११ कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक : काग्रेस नेता पराजुली

Logo
काैशल निराैला प्रकाशित मंगलबार, पुष १७, २०८०

विराटनगर,१७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको वताए ।

पराजुलीले भने ,”बीपीले देखाएको बाटोमा कांग्रेस हिड्न नसकिरहेको वा अल्मलिरहको आभाष सवैको गरेको भन्ने छ , यसमा कार्यकर्ता देखि केन्द्रकै नेतासम्म गुनासो र चिन्ता व्यक्त भएको पनि छ । यसलाई सुधार गर्दै अगाडि वढ्नुको विकल्प छैन ।” उनले कांग्रेसभित्रै पनि गुटगत अभ्यास चरम सीमामा पुगेको भन्दै यसलाई रोक्न जरुरी रहेको बताए । उनले भने ,”हामी आफैभित्र पनि मेलमिलापको खाचो छ , यसका लागि सवै कार्यकर्ता तथा पार्टीका मानिसहरुले नेतृत्ववर्गलाई घचघचाउ ।”

कांग्रेस जिल्लाले गरेको कार्यक्रमको प्रमुख अतिथि बनेका केन्द्रीय सदस्य पराजुलीले संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले धर्मका नाममा विखण्डन ल्याउने भाषा प्रयोग गरेको , काठमान्डौंमा दुइजना युवा माथी दिनदहाडै भएको गोलीकाण्डमा मन्त्रीको सम्लग्नता देखिन पुग्नु ,राज्यमा शान्ति अमनचयनको आभाष हुन नसक्नुले वर्तमान सरकारका मन्त्रीहरुमा कतै न कतै कमजोरी रहेको उल्लेख गरे । यस्ता कुराहरुको अपजस कांग्रेसले खोप्नु परेको भन्दै चिन्ता व्यक्त गरे ।  उनले सनातन हिन्दु राष्ट्रको एजेण्डा कांग्रेसले वोक्नुपर्ने एजेण्डा आफुले उठाउदै आएको र यस विषयमा आफु निरन्तर लागिरहने वताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]