१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक : काग्रेस नेता पराजुली

Logo
काैशल निराैला

विराटनगर,१७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको वताए ।

पराजुलीले भने ,”बीपीले देखाएको बाटोमा कांग्रेस हिड्न नसकिरहेको वा अल्मलिरहको आभाष सवैको गरेको भन्ने छ , यसमा कार्यकर्ता देखि केन्द्रकै नेतासम्म गुनासो र चिन्ता व्यक्त भएको पनि छ । यसलाई सुधार गर्दै अगाडि वढ्नुको विकल्प छैन ।” उनले कांग्रेसभित्रै पनि गुटगत अभ्यास चरम सीमामा पुगेको भन्दै यसलाई रोक्न जरुरी रहेको बताए । उनले भने ,”हामी आफैभित्र पनि मेलमिलापको खाचो छ , यसका लागि सवै कार्यकर्ता तथा पार्टीका मानिसहरुले नेतृत्ववर्गलाई घचघचाउ ।”

कांग्रेस जिल्लाले गरेको कार्यक्रमको प्रमुख अतिथि बनेका केन्द्रीय सदस्य पराजुलीले संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले धर्मका नाममा विखण्डन ल्याउने भाषा प्रयोग गरेको , काठमान्डौंमा दुइजना युवा माथी दिनदहाडै भएको गोलीकाण्डमा मन्त्रीको सम्लग्नता देखिन पुग्नु ,राज्यमा शान्ति अमनचयनको आभाष हुन नसक्नुले वर्तमान सरकारका मन्त्रीहरुमा कतै न कतै कमजोरी रहेको उल्लेख गरे । यस्ता कुराहरुको अपजस कांग्रेसले खोप्नु परेको भन्दै चिन्ता व्यक्त गरे ।  उनले सनातन हिन्दु राष्ट्रको एजेण्डा कांग्रेसले वोक्नुपर्ने एजेण्डा आफुले उठाउदै आएको र यस विषयमा आफु निरन्तर लागिरहने वताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]