१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बालकुमारी घटनापछि मन्त्री ज्वालालाई पदमुक्त गराउने तयारी

प्रधानमन्त्री दाहालले ज्वालालाई फिर्ता बाेलाउन भनदै माधव कुमार नेपाललाई गरे टेलिफोन मार्फत आग्रह
Logo
संवाददाता जनचर्चा

काठमाडाैं, १८ पुस ।बालकुमारी घटनाले सरकारसँगै यातयात तथा भौतिक पुर्वधार मन्त्री प्रकाश ज्वालाको चौतर्फी आलोचना हुन थालेपछि मन्त्री जवालाई फिर्ता बोलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई टेलिफोन मार्फत आग्रह गरेका छन् ।

शुक्रवार रोजगारीका लागि कोरिया जान भाषा परीक्षामा सामिल हुन पाउँ भन्ने माग राख्दै केही ललितपुरको बालकुमारी स्थित इपीएस वरपर युवाहरुले प्रर्दश्न गरी राखेका थिए । तर सुरक्ष संवेदनशीलतालाई बेवास्ता गर्दै मन्त्री ज्वाला प्रर्दशन स्थलबाटै सरकारी गाडीमा बालकुमारी हुँदै कोटेश्वर तर्फ जाँदा आक्रोसित भिडको आक्रमणमबाट मन्त्रीलाई वचाउन र भीडलाई नियान्त्रण गर्न प्रहरीले गोली चलाएको थियो । उक्त घटनामा प्रहरीको गोली लागेर आन्दोलनमा सहभागी दुई युवा सुजन रावत र बिरेन्द्र शाहको मृत्यु भएको थियो ।

शुक्रबारको घटनापछि चौतर्फीरुपमा मन्त्री ज्वाला, प्रधानमन्त्री, गृह मन्त्रीको आलोचना भइरहेको छ । तर बालकुमारीको घटनापछि मन्त्री ज्वाला सो घटनामा आफु जिम्मेवार नभएको कारण देखाउँदै पन्छिन खोजी राखेका छन् । बालकुमारी घटनापछि ललितपुरका सिडियो सिडिओ रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालय र ललितपुरका प्रहरी प्रमुख एसपी सिद्धि बिक्रम शाहलाई प्रह्री प्रधान कार्यलय तानिएको थियो भने मन्त्री ज्वालाको पिएसओ बोधराज दुनार, स्पट कमाण्डर डीएसपी उमेश लम्सालल र ईपीएस कोरिया शाखा प्रमुख गुरुदत्त सुवेदीलाई मन्त्री परीषदले निलम्वन गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]